News Portal

  • ६० केजी सुन तस्करी प्रकरणः पक्राउ पर्नै लाग्दा एमाले नेता एवं पूर्व प्रहरी प्रमुख भागेर पुगे अमेरिका

    ४७३ पटक

    खनाल भागेर अमेरिका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उच्च श्रोतका अनुसार खनालको ६० केजी सुन तस्करीमा संलग्नता देखिएको थियो ।

    प्रहरीले पक्राउको तयारी गरेको सूचना पाउपछि खनाल रातारात भागेको ती अधिकारीले बताए । प्रहरी उच्च नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खनाल भागेर अमेरिका पुगेको जानकारी गराएका छन् ।

    ‘पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि उहाँ रातारात भागेर अमेरिका पुग्नुभएछ’, प्रहरी नेतृत्वले गरेको रिपोर्टिङ उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्यले काठमाण्डुटुडेसँग भने । खनालको ६० केजी सुन तस्करीका नाइके चिनियाँ मुलुका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको सीआईबी श्रोतले जनाएको छ ।

    खनाललाई एमालेले गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाण्डु–६ र १० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो । काठमाण्डु–६ मा रास्वपाका शिशिर खनाल र तनहुँ–१ मा रास्वपाकै डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । दुवै निर्वाचनमा उनी तेश्रो भए ।

    खनाल भागेको भन्ने सूचनालाई प्रहरीको सीआईबीले केही दिनअघि सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग बागेबाट पनि पुष्टि हुन्छ । प्रहरीले केही दिनअघि पत्राचार गरी सुन तस्करीमा संलग्नहरुलाई पक्राउको लागि सहयोग मागेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तस्करीमा खनाल संलग्न रहेको संकेत गरेका थिए । प्रतिनिधिसभा बैठकमा गत बिहीबार विषेय समयमा बोल्दै उनले तस्करीमा केही पूर्वप्रहरी महानिरीक्षक पनि संलग्न रहेको सूचना आफूसँग भएको बताएका थिए ।

    ‘प्रहरीका केही पूर्वप्रमुखको दावासँग कुराकानी भएको सूचाना आएको छ । यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस्’, लामिछानेले भनेका थिए । (काठमान्डुटुडे बाट )

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...