News Portal

  • निलबाराही गणनाचलाई नगरपालिकाद्वारा बाजा प्रदान

    भक्तपुरपोष्ट संवाददातामध्यपुर थिमि, १२ भदौ २०८०
    ४६७ पटक
    मध्यपुर थिमि, १२ भदौ २०८०

    मध्यपुर थिमि नगरपालिकाले बोडेको निलबाराही गणनाचलाई मंगलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ । बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गणनाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको हो ।

    देवगणलाई बाजा हस्तान्तरण गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यहाँको कला सँस्कृति नगरको सम्पत्ति भएको र यसको संरक्षणका लागि नगरपालिकाले हरदम सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । परापुर्वकालदेखि सञ्चालनमा आइरहेको भैल (भैरव) प्याखँ (नाच), महाकाली प्याखँ, निलबाराही द्यो प्याखँ जगेर्ना गर्न, व्यवस्थित गर्न स्थानीय माग अनुसार नगरपालिकाले सहयोग गर्ने समेत उनको भनाइ छ । नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले मध्यपुर थिमिको मौलिक पहिचान जोगाइराख्न र ऐतिहासिक एवं धार्मिक सास्कृतिक परम्परा कायम राख्न बाजाहरु हस्तान्तरण गरिएको बताए ।

    मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा सदियौंदेखी निलबाराही गणनाच गाईजात्राको भोलीपल्टदेखी चार दिन चार रात प्रदर्शन गरिन्छ । बोडे द्य प्याखँले प्रसिद्ध यो नाच जुनसुकै परिस्थितीमा पनि नरोकी लिच्छवीकालदेखी निरन्तर सञ्चालन हुँदैं आएको छ ।

    यो नाच एक कठिन तान्त्रिक विधि विधानयुक्त नाच हो । यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने नियम रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...