News Portal

  • मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)

    भक्तपुरपोष्ट संवाददातामध्यपुर थिमि, २१ भदौ २०८०
    ६५० पटक
    मध्यपुर थिमि, २१ भदौ २०८०

    मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् ।

    मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार लगायतको आरक्षण कोटामा विद्यार्थीलाई पहिलोपटक छात्रवृत्ति प्रदान गर्न सफल भएको हो । पहिलोपटक छात्रवृत्ति उपलब्ध गराएको प्रति सरोकारवालाले प्रशन्नता प्रकट गरेका छन् । नगर भित्र संचालित विद्यालयहरुमा कक्षा ११ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको हो । नगरपालिकाले प्रकाशन गरेको सार्वजनिक सूचना अनुसार आवेदन दिने विद्यार्थीहरु मध्ये गरिव जेहेन्दार र विपन्न ४३ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ  ।

    छात्रवृत्ति पाउने विद्यार्थीहरुमा आदर्श जनप्रेमी ईं स्कुल (जनप्रेमी वल्र्ड स्कुल)का ८ जना, चाणक्य कलेज अफ म्यानेजमेन्टका १० जना, सिवर्ड कलेजका ९ जना र सनसाइन (एसएस)स्कुलका १४ जना रहेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिएका छन् ।

    सानोठिमीस्थित एस ओ एस हर्मन माइनर विद्यालयका लागि समेत आवेदन परेको भएता  नगरपालिकाले सो विद्यालयमा विद्यार्थी पठाउन सकेको छैन । एसओएसका लागि आवेदन दिएका विद्यार्थीहरुका हकमा अर्को सूचना प्रकाशन गरिने नगर उपप्रमुख बिजय श्रेष्ठले बताएका छन् ।

    शिक्षा नियमावली २०५९ (संशोधन सहित) र  नगर शिक्षा ऐन २०७९ मा रहेको प्रावधान अनुसार छात्रवृत्तिका लागि प्राप्त आवेदन अनुसार छात्रवृत्ति वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...