News Portal

  • नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगरको तीज विशेष कार्यक्रम सम्पन्न

    मदन ढुंगाना भक्तपुर, ३० भदौ २०८०
    २८९ पटक
    भक्तपुर, ३० भदौ २०८०

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर समितिले तीज पर्वको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को चाँगुनारायण समितिले तीजमय भएको समयलाई सदुपयोग गर्दै शनिवार भक्तपुरको सल्लाघारीस्थित च्वंगा गणेशस्थानमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको नगर अध्यक्ष नरेश खड्काले बताएका छन् ।

    नजिकिएको तीज पर्वको अवसर पारेर शनिवार पार्टीसंग आवद्ध रहेका महिला सदस्यहरुलाई राजनीतिक सांस्कृतिक प्रशिक्षणका साथै मनोरन्जनात्मक माहौलमा शुभकामना आदानप्रदानको अवसर मिलाइएको महिला नेत्री एवं चाँगुनारायण नगर सचिव चण्डिका लामिछानेले बताइन् ।

    उक्त अवसरमा महिलाहरुले मात्र मनाउने तीज पर्वलाई कसरी महिला सशक्तीकरणसंग जोड्ने भन्ने विषयमा बिचार बिमर्स समेत भएको अभियानका नेता एवं प्रदेश सदस्य युवराज आचार्यले बताए ।


    दिनभर चलेको कार्यक्रममा चाँगुनारायणका ३ सय पचास बढी महिला कार्यकर्ताको सहभागिता रहेको नगर उपाध्यक्ष बिनोद लामिछानेले बताएका छन् । उक्त अवसरमा महिला माथि हुने पारिवारिक र सामाजिक विभेद, शोषण र हिंसा अन्त्यसंग सम्बन्धित चेतनामुलक गीत संगीतमा सहभागीहरु छमछमी नाचेका थिए ।

    चाँगुनारायण नगरका आफ्ना कार्यकर्तालाई साथ् दिंदै पूर्व प्रदेश सांसद एवं केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, संविधान सभा सदस्य समेत रहेकी पार्टीकी केन्द्रीय सदस्य उमा कमाली, उपप्रधान एवं गृहमन्त्रीकी उपस्वकीय सचिव रहेकी अर्की केन्द्रीय सदस्य इन्दिरा अधिकारी र बागमती प्रदेश सांसदद्वय अमृता नेपाल र भुवनकेशरी श्रेष्ठ भावना पनि गायन एवं नृत्य कार्यक्रममा सहभागी भएका थिए ।

    महिलाहरुको खुशीमा महिला नेत्रीहरु मात्र रमाएनन, चाँगुनारायणका बौद्धिक नेता एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल त्यस्तैगरी अभियानको जिम्मेवारी लिएर भक्तपुर आएका केन्द्रीय नेता एवं संघीय सांसद गङ्गा कार्की विश्व, दीर्घराज श्रेष्ठ, केशव नेपाल लगायतले पनि उत्तिकै सक्रियता र हौसलाका साथ् तीज विशेष कार्यक्रमलाई रमाइलो बनाएका सहभागी शान्ति केसीले बताइन ।

     

    महिलाहरुले तीजको अवसरमा दर खाएको मात्र देख्ने पुरुषहरुलाई पाठ पठाउन पनि कार्यक्रम सफल रहेको सहभागी रुकु फुयालको तर्क छ । महिलाहरुले आफ्नो मनको पीर पोख्ने पर्व तीजलाई थप सशक्त बनाउदै लैजानुपर्ने उनले बताइन । अर्की सहभागी स्थानीय नेत्री चण्डिका पाण्डेले तीज पर्वको सकारात्मक पक्षलाई मजबुद बनाउदै नकारात्मक प्रक्षबिरुद्ध चेतना जागृत गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिकिर गरिन ।

    नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक सुनिल बासुले समाजका हरेक पर्वलाई सास्कृतिक रुपान्तरण सहित मनाउने बताउदै संस्थागत रुपमा तीज विशेष कार्यक्रम गरेको प्रति चाँगुनारायण नगर समिति र महिला विभागलाई धन्यवाद ज्ञापन गरेका थिए । जनतासँग माओवादी विषेश रुपान्तरण अभियानकै समयमा आयोजित तीज विशेष कार्यक्रमले माओवादीले तीज मान्दैनन भनेर फ़ैलाइएका भ्रम चिर्न सफल भएको अभियानका प्रदेश नेता दिनेश थपलियाले दावी गरे ।

    उक्त अवसरमा बैचारिक बहसका साथै नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत खेलिएको र खेलमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...