News Portal

  • सरकारको प्राथमिकतामा सार्वजनिक यातायात, भक्तपुर-काठमाडौ द्रुत बस सेवा शुरु

    राजेशमान मानन्धर भक्तपुर, ३ असोज २०८०
    ५७१ पटक
    भक्तपुर, ३ असोज २०८०

    सरकारले सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखेसंगै भक्तपुर देखि काठमाडौ सम्मको यात्रा सहज हुने भएको छ । यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरेको हो ।

    बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कबाट नेपालमै पहिलो द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा मन्त्री ज्वालाले रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नगरी यसलाई धुलिखेल सम्मै पुर्याइने प्रतिवद्धता प्रकट गरेका छन् ।

    रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बसले सेवा दिने यातायात व्यवस्था विभागले बताएको छ । यसका लागि सडकमा ‘डेडिकेटेड लेन’ छुट्याइएको छ । सडकमा रातो रङले पोतेर द्रुत बसको लागि लेन छुट्याइएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले प्रष्ट पारेका छन् ।

    बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रुत बस सञ्चालन गरिने बताइएको छ । सो समयमा अत्यावश्यक बाहेकका सवारीसाधन उक्त लेनमा प्रवेश गर्न नपाउने ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ । द्रुत बस गुड्ने समयमा डेडिकेटेड लेनमा एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस बाहेक अन्य सवारीसाधन चलाउन बन्देज गरिएको छ ।

    बुधवार २ वटा मात्र बसले परिक्षण शुभारम्भ भएको र बिहीवारबाट थप बस सञ्चालन हुने विभागले जनाएको छ । द्रुत बस विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा संचालन गरेको हो । यसका लागि २५ वटा बढी सिट क्षमताका बसको व्यवस्था गरिएको छ ।

    यी द्रुत बसहरु रातो बत्तीमा पनि रोकिँनु पर्ने छैन । एम्बुलेन्स जस्तैगरी गुड्न पाउनेछन । सूर्यविनायकदेखि रत्नपार्क सम्मको दुरी यी बसले बढीमा ४५ मिनेटमा पार गर्ने विभागका प्रवक्ता पनेरूले बताएका छन् ।

    सरकारले सार्वजनिक सेवालाई भरपर्दो पार्दै निजी सवारीसाधनलाई प्रतिस्थापन गर्न द्रुत बस संचालनको नीति लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यदल बनाइ उपत्यकाको ट्राफिक जाम हटाउन र सर्वसाधारणको यात्रा सहज गराउन सुझाव मागेपछि उक्त कार्यदलको सुझाव बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले द्रुत बस संचालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लाई निर्देशन दिएको थियो ।

    द्रुत बस संचालन संगै सर्वसाधारणले समयमै र सजिलैसंग यात्रा गर्न सक्ने र निजी सवारी लिएर हिड्नुपर्ने बाध्यता अन्त्य हुने सरकारले बिश्वास लिएको प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । द्रुत बस सेवाको प्रभावकारिता मूल्यांकन पछि क्रमश: उपत्यकाका अन्य क्षेत्र र देशका प्रमुख शहरहरुमा समेत बिस्तार गरिने लक्ष रहेको उनले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...