News Portal

  • गठ्ठाघरमा ‘अगेनो सेकुवा घर’

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ असोज २०८०
    ८२४ पटक
    ageno sekuwa gharभक्तपुर, ८ असोज २०८०

    सेकुवाको पारखीहरुका लागि अब भक्तपुरमै स्वादिलो सेकुवा घर खुलेको छ । मासुको परिकार मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालनमा आएको हो ।

    अगेनोको मूख्य आकर्षण सेकुवा नै भएको सञ्चालक कान्छा डंगोलले बताएका हुन् । अगेनोमा विशेषगरी बंगुर (पोर्क), खसी र चिकेनका सेकुवाको परिकार पाईन्छ । साथै विभिन्न परिकारका खाजाका सेट, मम, चाउमिनका साथै अर्डर अनुसार खानाको पनि व्यवस्था रहेको डंगोलले जानकारी गराए । अगेनोमा बंगुर, चिकेनको सेकुवाका लागि आफैले मासु छानेर किलोमा जोखेर पनि लिन सकिने डंगोलले जानकारी गराएका छन् ।

    करिव दुई रोपनी क्षेत्रफलमा रहेको अगेनोमा पार्किङको प्रसस्त व्यवस्था रहेको र पारिवारिक बातावरण भएको अर्का सञ्चालक निरज श्रेष्ठले जनाएका छन् । अगेनोले सेकुवा पोल्न अत्याधुनिक प्रविधि उपयोगमा ल्याएको र यसले खानाको स्वादका वृद्धि गर्नुका साथै स्वास्थ्यवर्द्धक समेत हुने दावी उनले दावी गरे ।

    अगेनोका अर्का सञ्चालक दुर्गा कार्कीले भक्तपुर र विशेष गरी मध्यपुर थिमि क्षेत्रमा सेकुवाको लागि उत्कृष्ट रेष्टुरेन्ट नभएकाले यहाँका सेकुवा पारखीहरुलाई लक्षित गरी गठ्ठाघरमा सेकुवा घर सञ्चालनमा ल्याएको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...