News Portal

  • बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    मदन ढुंगाना भक्तपुर, ११ असोज २०८०
    ४८९ पटक
    भक्तपुर, ११ असोज २०८०

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न गरिएको छ ।

    कार्यक्रम स्थल दुलही झैँ सिङ्गारिएको छ । जताततै ध्वजापत्तका र पण्डलले सजाइएको छ भने कार्यक्रम स्थलको टाढा टाढा सम्म स्वागत द्वार बनाइएको छ ।

    अरनिको राजमार्गमा रहेको जगातीबाट स्वागतद्वार पछ्याउदै जाँदा ताथलीको नालाछाप स्थित महायज्ञ स्थल सहजै पुग्न सकिने देखिन्छ ।

    छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको सहयोगार्थ आयोजना गरिएको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी हेर्दा नै भक्तजनहरु मुग्ध बनेका छन् । महायज्ञको शृंगारले भक्तजन मात्र होइन, टिकटक चलाउनेहरु पनि तानिएका देखिन्छन् ।

    चर्चित श्रीमदभागवत कथाबाचक बालयोगेश्वर विजयमूर्ति महाराजको नेतृत्वमा बिहीवार बाट शुरु हुने महायज्ञ १७ दिन सम्म चल्ने कार्यक्रम छ । कथाबाचन चर्चित महिला पण्डित गरिमा उपाध्याय र उमा महेश्वरीले गर्ने बताइएको छ । बिहीबार विहान ७ बजे १००८ शान्ति कलश यात्रा गरी दिउँसो १ बजे उद्घाटनको तयारी आयोजकले गरेको छ ।

    महायज्ञका अवसरमा ५ सय भन्दा बढी बाल कन्याहरुको पुजन गरिने, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गर्ने, १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, चारवेद, पुराण पाठ पारायण सहित सम्पूर्ण अध्यात्मिक गतिविधि हुने जानकारी गराइएको छ ।

    यसैगरी प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारहरुको उपस्थिती, रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँसकृतिक झाकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुहरुको उपस्थिती र प्रवचन हुने आयोजकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...