News Portal

  • ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    मदन ढुंगाना भक्तपुर, ११ असोज २०८०
    ३०७ पटक
    भक्तपुर, ११ असोज २०८०

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति महाराजले शुरु गरेको प्रति सन्तोष व्यक्त गरेका छन । असहाय बालबालिका र ज्येष्ठ नागरिकाका लागि आश्रम बनाउने विजयमूर्तिको अभियान प्रति उनले सन्तोष व्यक्त गरेका हुन् ।

    छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ भक्तपुरको चाँगुनारायण ९ ताथलीमा  श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको उद्घाटन कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै सांसद थापाले धार्मिक अनुष्ठान आफैंमा राम्रो भएको र जेष्ठ नागरिकका लागि आश्रम बनाउने लक्ष सहित आयोजना हुनु अझ राम्रो भएको बताए ।

    समृद्ध एवं बिकसित देशमा अनाथालय र ज्येष्ठ नागरिक आश्रम बनाउने र उनीहरुको संरक्षण गर्ने कार्य राज्य आफैंले गर्ने भएपनि नेपालमा सरकार अस्थिर र कमजोर अर्थतन्त्रका कारण त्यो पूर्ण रुपमा हुन नसकिरहेको सांसद थापाले स्वीकार गरे । राज्यले गर्नुपर्ने काम विजयमूर्ति महाराजले शुरु गरेकोले खुसि लागेको भन्दै उनले सामाजिक सेवाका कार्यमा सांसदको हैसियतमा आवस्यक सहयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरेका छन् । ‘समृद्ध नेपाल नबन्दासम्म विजयमूर्ति जस्ता समाजसेवीहरुको आवश्यकता रहिरहन्छ ।’ सांसद थापाले भने ।

    नेपालको संविधानमा गास,बास र कपासको सुनिश्चितता गरिएको प्रसंग उल्लेख गर्दै उनले यस्ता आश्रमहरुले असहायहरुको गास,बास र कपासको सुनिश्चितता हुने र संविधानको सम्मान हुने समेत उनले बिश्वास व्यक्त गरेका छन् ।

    चर्चित श्रीमदभागवत कथाबाचक बालयोगेश्वर विजयमूर्ति महाराजको नेतृत्वमा आयोजित महायज्ञको बिहीवार उद्घाटन गरिएको छ । महायज्ञ १७ दिन सम्म चल्ने कार्यक्रम छ । कथाबाचन चर्चित महिला पण्डित गरिमा उपाध्याय र उमा महेश्वरीले गर्ने बताइएको छ । बिहीबार विहान ७ बजे १००८ शान्ति कलश यात्रा गरी दिउँसो १ बजे उद्घाटन गरिएको महायज्ञका दैनिक पाँच हजार भक्तजन सहभागी हुने अपेक्षासहित सम्पूर्ण तयारी पूरा गरिएको छ ।

    महायज्ञको तयारी हेर्दा नै भक्तजनहरु मुग्ध बनेका छन् । महायज्ञको शृंगारले भक्तजन मात्र होइन, टिकटक चलाउनेहरु पनि तानिएका देखिन्छन् । महायज्ञ उद्घाटनमा प्रदेश सांसद सुरेश श्रेष्ठ, चाँगुनारायणका नगर प्रमुख जीवन खत्री र बागमती प्रदेश सरकारका पूर्व मन्त्री कृष्णलाल भंडेल लगायतको पनि आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...