News Portal

  • महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १७ असोज २०८०
    ४०६ पटक
    भक्तपुर, १७ असोज २०८०

    चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ ।  आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका हुन् ।

    हाल भाडामा संचालन भैरहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद र भवन निर्माण सहयोगार्थ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएका नगरप्रमुख थापाले उक्त सहयोगको  घोषणा गरेका आयोजकले पुष्टि  गरेको हो । नगर प्रमुख थापाले आफ्नो ब्यक्तिगत तर्फबाट समेत १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । ताथली नजिकै निवास भएका नगर प्रमुख थापा महायज्ञमा सपत्नी सहभागी भएका थिए । मेयर पत्नी अम्बिका थापाको नामबाट सो सहयोग रकम प्राप्त भएको आयोजकको भनाइ छ । मेयर थापाले सामाजिक काममा सहयोग गर्न पाउदा सन्तोष ब्यक्त गरेका छन् ।

    basudev thapa couple

    उक्त अवसरमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले पनि १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेकी आयोजकले जनाएको छ । मंगलवार महायज्ञमा नगर प्रमुख र उपप्रमुखसहित सूर्यविनायक नगरपालिकाका सबै वडाध्यक्षहरु सहभागी रहेका बताइएको छ ।

    mayor team suryabinayak

    mayor team suryabinayak

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...