News Portal

  • नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकार गरेका छौं : एमसीसी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ असोज २०८०
    ३५५ पटक
    mccभक्तपुर, १७ असोज २०८०

    एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा स्वीकार गरिको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसीले व्याख्यात्मक घोषणा स्वीकार गरिएको स्पष्ट पारेकी हुन् ।

    ‘नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणाप्रति एमसीसी सहमत छ, हामीले त्यसलाई स्वीकार गरेका छौं ।’ उनले भनिन् । ‘हामीले यसबारे सरकारलाई बताइसकेका छौं । सोही अनुरूप एमसीसी कार्यान्वयनमा गएको छ ।’

    केही समयअघि नेपालस्थित अमेरिकी दूतावासले समेत एमसीसीले व्याख्यात्मक घोषणा स्वीकार गरेको नोट जारी गरेको थियो ।

    १५ फागुन २०७८ मा नेपालको संसदले एमसीसी सम्झौता अनुमोदन गर्नुअघि सत्तारुढ दलहरुभित्रै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा चर्को मतभेद भएपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गर्ने सहमति भएबमोजिम संसदले सोहीअनुसार अनुमोदन गरेको थियो ।

    ब्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भए पनि यसलाई एमसीसीले स्वीकार गर्दैन भन्ने एमसीसीका बिपक्षमा रहेकाहरुले बताइरहदा मंगलवार पत्रकार सम्मेलन मार्फत एमसीसीले आफ्नो स्वीकारोक्ति सार्वजनिक गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...