News Portal

  • ब्रम्हायणी मन्दिर परिसर सफाईमा प्रतिष्पर्धा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १७ असोज २०८०
    ६९२ पटक
    bramhayaniभक्तपुर, १७ असोज २०८०

    वडादशैको बिजया दशमीको दिन ठुलो जात्रा लाग्ने भक्तपुर ९ च्याम्हसिंह स्थित प्रसिद्ध ब्रम्हायणी मन्दिर परिसरको सरसफाईमा प्रतिष्पर्धा देखिएको छ । नेकपा(माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सार्वजनिक गरिएको सरसफाई कार्यक्रमलाई पछि पार्दै वडा कार्यालयले सरसफाई कार्यक्रम गर्ने भएको हो ।

    माओवादी केन्द्रको सहायक संगठन वाइसिएलको भक्तपुर नगर समितिले शनिवार बिहान ७ बजेको लागि भक्तपुर ९ स्थित ब्रम्हायणी मन्दिर परिसरको बृहत सरसफाई कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम सरकारी स्तरमै वडा नम्बर ९ को कार्यालयले शुक्रवार बिहान ७ बजे तय गरेर सहभागीताका लागि पत्राचार समेत गरेको छ ।

    वडा कार्यालयका सचिव पुन्यराम लाखाले वडाध्यक्ष रविन्द्र ज्याख्वको अध्यक्षतामा बसेको बैठकले हरेक वर्ष जस्तै जनस्तर बाटै यस वर्ष पनि ब्रम्हायणी मन्दिर परिसरको बृहत सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएकाले शुक्रवार बिहान ७ बजे सहभागिताका लागि पत्राचार गरिएको बताएका छन् । बिजया दशमीका दिन जात्रा लाग्ने प्रसिद्ध ब्रम्हायणी मन्दिरमा बृहत सरसफाई गर्ने काम हरेक वर्ष वडाले आयोजना गर्दै आएको र यसमा सबै स्थानीयको सक्रिय सहभागिता रहने गरेको उनको भनाइ छ ।

    शनिवारका लागि सरसफाई कार्यक्रम आयोजना गरेको भक्तपुर वाइसिएलका अध्यक्ष राज वाङ्गयोले आफूहरुको निर्धारित कार्यक्रमलाई वडाको कार्यक्रमले सहयोग नै पुर्याउने बताए । पूर्वनिर्धारित कार्यक्रम नरोकिने भन्दै उनले सहभागि भै दिन आग्रह समेत गरेका छन् । माओवादी केन्द्रका नगर अध्यक्ष राकेश सुवालले वडा कार्यालय र आफ्नो पार्टीको उदेश्य सरसफाई नै भएकोले यसले ब्रम्हायणी मन्दिरलाई सफा राख्न थप मद्दत पुर्याउने बिश्वास व्यक्त गरेका छन् । आफूहरु अघिल्लो दिन वडाको सरसफाई कार्यक्रममा समेत सहभागी हुने र शनिवार पूर्वनिर्धारित कार्यक्रम पनि सम्पन्न गर्ने उनले बताए । जात्राको भोलिपल्ट पनि सरसफाई गरी मन्दिर परिसर सफा राख्ने अध्यक्ष सुवालको भनाइ छ ।

    भक्तपुर ९ च्याम्हसिंह स्थित प्रसिद्ध ब्रम्हायणीलाई नवदुर्गाको शक्तिपीठका रूपमा मानिन्छ । यहाँ नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप बिजया दशमीको दिन ठुलो जात्रा लाग्ने गर्दछ । महिषासुरको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँडले मत्याएर लखेट्दै ब्रम्हायणी मन्दिरमा पुर्याई बध गरेपछि रातिदेखि नै यहाँ जात्रा लाग्न शुरु हुन्छ ।

    स्थानीय र आसपासका क्षेत्र बाट मात्र नभई वरपरका जिल्ला बाट समेत भक्तजन आउने हुँदा ब्रम्हायणीमा हजारौंको भिड लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...