News Portal

  • पत्रकार तमखुलाई मातृशोक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० असोज २०८०
    ६४७ पटक
    भक्तपुर, २० असोज २०८०

    नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य, नेवा: पत्रकार राष्ट्रिय दबुका भक्तपुर जिल्ला अध्यक्ष एवं न्युज २४ टिभीका भक्तपुर प्रतिनिधि रामगोपाल तमखुलाई मातृशोक परेको छ । उनको ममतामयी माता रामेश्वरी तमखुको ७२ वर्षको उमेरमा शुक्रवार साँझ असामयिक निधन भएको हो ।

    कुनै दीर्घ रोग नभएकी रामेश्वरी सूर्यविनायकस्थित निवासमै अचानक अचेत भएपछि उनलाई भक्तपुर अस्पताल पुर्याइएको र अस्पतालले उनलाई मृत घोषित गरिदिएको पारिवारिक श्रोतले जनाएको छ । शुक्रवार राति नै उनको अन्त्येष्टि गरिएको बताइएको छ ।

    दिवंगत रामेश्वरीका २ छोरा र २ छोरी छन् । पत्रकार रामगोपाल उनका जेठा छोरा हुन् ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कार्यसमिति सदस्य रामगोपाल्की ममतामयी माताको निधन प्रति दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरेको छ भने रामगोपाल लगायत परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेको अध्यक्ष जगत कृष्ण प्रजापतिले जनाएका छन् ।

    भक्तपुरपोष्ट दिवंगत प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै पत्रकार रामगोपाल लगायत परिवारजनमा मातृ वियोग सहन गर्ने सामर्थ्य प्राप्त होस् भनी कामना गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...