News Portal

  • बढ्दै सडक दुर्घटना : निकोसेरा दुर्घटनाको ३ दिन नबित्दै सृजनानगरमा गयो अर्को ज्यान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० असोज २०८०
    ५६० पटक
    भक्तपुर, २० असोज २०८०

    निकोसेरा दुर्घटनाकोन३ दिन नबित्दै अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा अर्को सडक दुर्घटना भएको छ । गए राती भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

    भक्तपुरबाट गए राती करिब साढे १२ बजेको समयमा काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरमा सोही दिशातर्फ जाँदै गरेको बा.९७प. २९५० नंको मोटरसाइकल ठक्कर खादा उक्त दुर्घटना भएको डिएसपी बसन्त पाठकले बताएका छन् । ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापामगर रहेका प्रहरीको भनाइ छ ।

    मोटरसाइकल चालक सिन्धुपाल्चोक नै घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको डिएसपी पाठकले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...