News Portal

  • मनिप्लान्टमा नयाँ नेतृत्व

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ असोज २०८०
    ३४२ पटक
    moneyplant cooperative new teamभक्तपुर, २९ असोज २०८०

    देशकै नमूना सहकारीको रुपमा राजधानीमा संचालित ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’मा नयाँ नेतृत्व चयन भएको छ । मनिप्लान्टको १४ औं साधारणसभाले इन्द्रमणि पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको हो ।

    मनिप्लान्टका नवनिर्वाचित अध्यक्ष पोखरेल नेपाल सरकारका पूर्व सहसचिव समेत हुन् । लेखा समूहमा रही उनले कोष तथा महालेखा नियन्त्रकको कार्यालय मातहत बिभिन्न कार्यालय र मन्त्रालयमा लेखा प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् । उनी गत वर्ष मात्र सरकारी सेवाबाट सेवा निवृत्त भएका हुन् ।

    नव निर्वाचित संचालक समितिको उपाध्यक्षमा सुसन कर्माचार्य, सचिवमा उद्दिमबहादुर देवकोटा र कोषाध्यक्षमा राजकुमार सुवेदी निर्वाचित भएका संस्थापक सदस्य सुरेश न्यौपानेले जनाएका छन् । त्यस्तै, सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी निर्वाचित भएका बताइएको छ । साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो ।

    लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्केको संयोजकत्वमा राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य रहेका छन् । यस अघि शिक्षासेवीसमेत रहेका सहकारीकर्मी सुदर्शन पराजुलीको नेतृत्वमा मनिप्लान्टले सदस्यहरुबीचको सहकार्यलाई उत्कृष्ट र उदाहरणीय बनाउदै सहकारी क्षेत्रमा देखिएको वर्तमान विषम परिस्थितिका बाबजुत संस्थाको साखलाई उचो बनाएको थियो । नवनिर्वाचित अध्यक्ष पोखरेलले बिगतको विरासतलाई कायम राख्दै सस्थालाई थप उन्नतीको दिशामा अग्रसर गराउने बताएका छन् ।

    साधारण सभाको उद्घाटन सत्र भने बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारणसभामा सदस्यका परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्ट योगदान गरेका, विभिन्न पदोन्नति र नियुक्ति भएका सदस्यहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

    उक्त अवसरमा कोटेश्वरको नरेफाँटस्थित लालिगुराँस बाटिका सेकेन्डरी स्कूलका विद्यार्थीले बिभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

    मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको कार्यालय काठमाडौको मीनभवनमा रहेको छ यसले आफ्ना सदस्यहरुका लागि हात्तीवनमा आवास योजना समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ । १ हजार १ सय ८२ सेयर सदस्य संख्या रहेको संस्थाको पछिल्लो आर्थिक वर्ष २०७९/०८० को कुल वासलात १ अर्ब २१ करोड १७ लाख ३६ हजार ८ सय ५२ रुपैयाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...