News Portal

  • ४६ सय मेट्रिक टन चिनी बजारमा, लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारको आग्रह

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १६ कार्तिक २०८०
    २१५ पटक
    chiniभक्तपुर, १६ कार्तिक २०८०

    बजारमा चिनीको अभाव बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् । उनले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरुसँग अवैध ढंगले भित्रिएका तथा उद्योगहरुले बजारमा नपठाएका चिनी अनुगमन र कारवाहीको विषय अघि बढाएपछि ठुलो परिणाममा अबैद्य चिनी बरामद हुन थालेको छ ।

    नेपाली बजारमा अबैद्य तवरले चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा चिनी पठाइने गरेको सूचनाका आधारमा आवश्यक कार्वाही अघि बढेपछि कालोबजारी गर्ने व्यवसायी सरकारको फन्दामा पर्न थालेका छन् ।

    नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनि उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरुसँग छलफल गरिनेछ । हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने कुरा सुनिश्चित गरिएको छ । नेपाल साल्ट ट्रेडिंगले भोली शुक्रवार नै उक्त चिनी खरीद गरी खुद्रा उपभोक्तामार्फत बजारमा ल्याउनेछ । साल्ट ट्रेडिंगसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात रहेको छ ।

    चिनी उद्योगहरुको स्टक रेकर्डका आधारमा आम उपभोक्ताको मागलाई पूर्ति गर्न बजारमा चिनी पठाउन समन्वय गरिने र अनुगमनलाई समेत तीब्र पारिने भएको छ । हाल कतिपय पसलहरुले एक सय साठी रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ ।

    यसका साथै भोलीदेखि नै अवैध ढंगल भित्रिएको या गोदाममा थन्किएको चिनीको व्यापक अनुगमन गर्ने समेत निर्णय भएको छ । नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपील गरेको छ ।

    यसअघि दशैं अगाडि सिर्जना भएको अभाव पूर्ति गर्न समेत सरकारले पहल गर्दै ५ हजार मेट्रिक टन भन्दा बढी चिनी बजारमा ल्याएको थियो

    प्रतिकृया दिनुहोस्

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...