News Portal

  • राजधानी भित्राउन लागिएका १० क्विन्टल अवैद्य चिनी काभ्रे प्रहरीको कब्जामा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ कार्तिक २०८०
    २१५ पटक
    भक्तपुर, १७ कार्तिक २०८०

    काभ्रे प्रहरीले विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल चिनी बरामद गरेको छ ।नियमित चेकजाँचका क्रममा पूर्वी तराईका विभिन्न स्थानबाट आएका सवारी साधनबाट ती चिनी बरामद गरिएको हो ।

    धुलिखेल –९ काभ्रेभञ्ज्याङमा प्रहरीले बिहीबार सवारीसाधन चेकजाँचका क्रममा ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

    विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचनाका आधारमा प्रहरीले अहिले चेक जाँच तीब्र गरिरहेको छ । चिनी उद्योगहरुले बजारमा चिनी नपठाई कालोबजारीलाई पश्रय दिइरहेको प्रहरीको अनुमान छ । सीमित व्यापारीको कब्जामा रहेको चिनी बजार बढी माग हुने तिहारको अवसरमा  अभावग्रस्त बनेपछि उपभोक्ता परेशान छन् भने कालोबजारीको पहिचानमा प्रहरी तैनाथ छ ।

    काभ्रे प्रहरीले यसअघि पनि धानको बोराले थिचेर अबैद्यरुपले ल्याएका ९२ बोरा चिनी ट्रकसहित नियन्त्रणमा लिएको थियो ।

    यसबीच चिनीको अभाव हुन नदिन शुक्रवारबाट सरकारले ४६ सय मेट्रिक टन चिनी बजारमा ल्याएको छ । चिनी लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारले आग्रह समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...