News Portal

  • प्रहरी स्कर्टिङ्गमा सिफल पुगेका दुर्गा प्रसाईको दुखेसो : उपत्यकाले साथ दिएन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ मंसिर २०८०
    ३५१ पटक
    भक्तपुर, ९ मंसिर २०८०

    गणतन्त्र बिरोधी भनिएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्ना समर्थकलाई काठमाडौंको सिफलमा सम्बोधन गरेका छन् । भक्तपुरको थिमिस्थित निवासबाट प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेका उनले त्यहाँस्थित विरोध सभालाई सम्बोधन गरेका हुन्।

    बिहीवार बल्खुमा प्रदर्शन गरेको प्रसाई समूहले शुक्रवार तीनकुनेमा प्रदर्शन गर्न खोजेपनि स्थानीय प्रशासनले अवरोध गर्यो र प्रसाई घर बाट बाहिर निस्किएनन । शनिवार भने उनी प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेर प्रदर्शनमा सामेल भएका छन् । शनिबार दिँउसो सिफलमा भएको बिरोध सभालाई सम्बोधन गर्दै व्यवसायी प्रसाईले भक्तपुरसहित उपत्यकाका जनताले आफूलाई साथ् नदिएको दुखेसो व्यक्त गरे ।

    काठमाडौँ, ललितपुर र भक्तपुरबासीलाई घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आग्रह गर्दै प्रसाईले अन्यथा युवाहरु विदेसिरहने र काठमाडौँ खाली हुने जिकिर गरे । ”तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’ उनले भने ।

    आफूलाई प्रधानमन्त्री नचाहिएको उद्घोष गर्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफू अभियानमा रहेको दावी गरे । आफू बाजुन्जेल देशको हितमा लागिरहने उनको भनाइ छ ।

    नेकपा(माओवादी केन्द्र) हुँदै नेकपा (एमाले) को केन्द्रीय सदस्य रहिसकेका व्यवसायी प्रसाई पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामको आफ्नै नेतृत्वको छुट्टै राजनीतिक अभियानमा संयोजकको रुपमा सक्रिय रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...