News Portal

  • गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ मंसिर २०८०
    ४८६ पटक
    sunil prajapati bhaktapurभक्तपुर, ११ मंसिर २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् । गीत संगीत जनताको पक्षमा हुनुपर्नेमा जोड दिंदै उनले सोकुरा बताएका हुन् ।

    नेपालभाषाको गीत ‘ङेङापा झ्यया दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिकीकरण समारोहलाई सोमवार सम्बोधन गर्दै प्रमुख प्रजापतिले म्युजिक भिडियोले विश्व प्रसिद्ध ५५ झ्याल दरबारको प्रचार प्रसार हुने र त्यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

    जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा रहेको उक्त गीतमा म्युजिक भिडियो निर्माण हुनु र त्यसमार्फत भक्तपुर विश्वभर पुग्नु सुखद पक्ष भएको उनको भनाइ छ ।

    भक्तपुर नपाले यहाँका सम्पदाहरुको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिन सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरी पठनपाठन गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले साहित्यलाई समाज परिवर्तनको निम्ति सशक्त हतियारको रुपमा प्रयोग गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

    कार्यक्रमका सभापति एवम् जनकवि दुर्गालाल श्रेष्ठले भाषाको महत्वलाई गम्भीर रुपमा मनन गर्नुपर्ने बताउँदै नेपालभाषा साहित्यिक दृष्टिले पनि निकै समृद्ध भाषा रहेको बिचार व्यक्त गरे ।
    स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीले ङेङापा झ्य दरबारसम्बन्धी गीत ऐतिहासिक र सन्देशमूलक भएको बताउँदै समय समयमा पुराना सम्पदाहरुको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    इतिहास र संस्कृतिका अनुसन्धानकर्ता ओम धौभडेलले ङेङापा झ्यया दरबारको पृष्ठभूमिबारे प्रष्ट पार्दै नेवा संस्कृतिको अध्ययनको निम्ति यो ऐतिहासिक गीतले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    त्यस्तै म्युजिक भिडियोका निर्माता रजनी केसी मानन्धरले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा ‘ङेङापा झ्यया दरबार’ नामक गीतका गायक सत्यनारायण मानन्धर, निर्देशक विश्वास बज्राचार्य, नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश सायमी, संगीतकार लक्ष्मण पलिखेलले पनि आ आफ्नो बिचार व्यक्त गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...