News Portal

  • भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ मंसिर २०८०
    ३२६ पटक
    भक्तपुर, १२ मंसिर २०८०

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनःनिर्माण अवस्थाकोस्थलगत अवलोकन गरेको छ । मंगलवार सो टोलीले उक्त अवलोकन गरेको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीसहितको उपस्थितिमा भएको उक्त निरीक्षणका क्रममा नगर प्रमुुख प्रजापतिले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर नपाको पुरानो भवनको रुपमा रहेको थन्थु दरबार पुनःनिर्माण कार्य बहुवर्षीय योजनाको रुपमा अगाडि बढाइएको र सो दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने योजनाअनुसार नगरपालिका अगाडि बढेको जानकारी गराएका छन् ।

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी पुरातत्व विभाग समेतबाट नक्सा स्वीकृत गराइ पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको उनले बताए । पुरानो भवन भत्काइसकेको र पुरातत्व विभागसँग समन्वयमा उक्त दरबार पुनःनिर्माण कार्य नगरपालिकाले गरिरहेको उनले जानकारी गराएका हुन् ।

    उक्त टोलीमा प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी तथा दुर्हाम विश्वविद्यालयका प्रो. रोबिन कनिङघम लगायतको समेत सहभागिता रहेको थियो ।

     

    थन्थु दरबार महाभूकम्पको ८ वर्षपछी पुन निर्माण शुरु गरिएको हो । यसको निर्देशक समिति संयोजकमा नगरपालिकाका प्रमुख सुनिल प्रजापति रहेका छन् । थन्थु दरबार पुनःनिर्माणको आयोजना प्रमुख विजयराम कोजु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...