News Portal

  • सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० मंसिर २०८०
    २७२३ पटक
    भक्तपुर, २० मंसिर २०८०

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । सोलुखुम्बु जिल्लाको सिडिओ रहेका उनी मन्त्रालय नै परिवर्तन गरी भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई एक कार्यक्रमका बीच नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले विकासको सन्दर्भमा भक्तपुर नगरपालिकाले अरुको भन्दा फरक शैली अपनाएकै कारण देशकै नमुना नगर बन्न सम्भव भएको बताउदै यसमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईको समेत साथ् र सहयोग रहने विश्वास व्यक्त गरे ।

    देशकै सानो नगरपालिका भएर पनि भक्तपुर नपाले देशलाई सकारात्मक सन्देश दिएको दावी गर्दै प्रमुख प्रजापतिले भक्तपुरलाई अझै उत्कृष्ट बनाउने काममा प्रमुख प्रशासकीय अधिकृत भट्टराईको नेतृत्वमा कर्मचारीहरुले थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले अपेक्षा राखेको प्रष्ट पारे ।

    उक्त अवसरमा उपप्रमुख रजनी जोशीले जनतालाई सरल र सहज ढंगले सेवा प्रवाह गर्ने नगरपालिकाको उद्देश्य भएको बताउँदै नगरपालिकाको उद्देश्य अनुरुप कार्यसम्पादनमा साथ र सहयोग प्राप्त हुने आशा व्यक्त गरीन् ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले गौरवपूर्ण इतिहास बोकेको भक्तपुरलाई आफ्नो कार्यक्षेत्रको रुपमा पाउँदा ज्यादै हर्षित भएको भन्दै यसको गौरवपूर्ण बिरासतमा सक्दो साथ् र सहयोग पुर्याउने प्रतिवद्धता प्रकट गरेका छन् ।

    सुशासन, आर्थिक पारदर्शिता र नागरिक सेवामा भक्तपुर अगाडि बढेको नगरपालिका भएको बताउदै उनले भक्तपुरको मान मर्यादालाई अझ उँचो बनाउने गरी काम गर्ने बताए  ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवा लगायतले समेत स्वागत मन्तब्य राखेका थिए ।

    यस अघि भक्तपुरका प्रमुख प्रशासकीय अधिकृत रहेका बिजयकुमार शर्माले करिब ७ महिना काम गरे । उनको मन्त्रालयमा सरुवा भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...