News Portal

  • भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ मङ्सिर २०८०
    ३१७ पटक
    भक्तपुर, २३ मङ्सिर २०८०

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । भक्तपुरका स्थानीय सरकारलाई  जन उत्तरदायी बनाउन पार्टीले प्रतिपक्षीको भूमिका निभाउन पर्ने उनले निर्देशन दिएका हुन ।

    नेता पुनले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् । शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् । जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियताबादले प्रश्रय पाएको र यसले जनतामा झनै निराशा बढाउने उनले बताए ।”नेपाली जनता सधैं सत्ताको बिपक्षी जस्ता बनेका छन् । यसको फाइदा हल्लाखोरहरुले उठाइरहेका छन् ।” उनले भने ।

    सूचना प्रविधिको बिकासले गर्दा जनताले बिकसित देश हेरेर नेपालमा त्यस्तै हुनुपर्ने सोच राख्नु जायज भयपनि रातारात त्यस्तै परिवर्तन खोज्नु जायज नभएको उनको भनाइ छ । “पन्चायतको र बहुदलको समय भन्दा तुलनात्मक रुपले गणतन्त्रको १५ वर्षमा धेरै उपलब्धि भएपनि केही नभए जस्तो अफवाह फैलाइएको छ ।” उनले भने । मेरिटको वकालत गरेर आधारभूत वर्गलाई अवसर दिने समानुपातिक समावेशीको बिरोध गर्नेहरु पश्चगामी भएका तर लोकप्रिय बन्ने होडमा नेताकार्यकर्ताले प्रतिरोध नगरेका उनले दुखेसो ब्यक्त गरे ।” आधारभूत जनताको हकहितलाई सुनिश्चित गरेर सबै तहका जनतालाई विकासमा सहभागि गराउनु पर्छ । ” उनले भने ।


    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कार्य अगाडि बढाएको मन नपरेका तत्वले बालुवाटार जग्गा प्रकरण, भुटानी शरणार्थी, सुनकाण्ड र एनसेल कर छली र मिटरब्याज विरुद्धको सरकारको अभियानलाई उल्टो व्याख्या गरेर सुशासनको आन्दोलन कमजोर पार्न खोजेका जिकिर गरे ।” सिङ्गो पार्टी र जनता माफियाकरणका विरुद्धमा एकजूट भएर सरकारलाई साथ दिनुपर्दछ ।” उनले भने । उनले सरकार केही ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा रहेको खुलासा समेत गरेका छन् ।

    माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भक्तपुर इन्चार्ज रहेका केशवप्रसाद नेपालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नगर अध्यक्षहरुले अभियानबारे रिपोर्टिङ गरेका थिए भने उक्त अवसरमा केन्द्रीय सदस्यहरु दिलिप प्रजापति, दीर्घनारायण श्रेष्ठ, प्रतिमा श्रेष्ठ, अमृता नेपाल, इन्दिरा अधिकारी, उपा कपाली, प्रदेश सांसद भुवनकेशरी श्रेष्ठ भावना लगायतको आतिथ्यता रहेको जिल्ला संयोजक सुनिल बासुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...