News Portal

  • प्रहरीले समात्यो साढे ६ किलो सुन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ मंसिर २०८०
    ११४ पटक
    भक्तपुर, २४ मंसिर २०८०

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ ।

    फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय SHERIF MOHAMED MOHAMED LASHIN लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम बनाई टेपले बेरेर ल्याएको अवस्थामा उक्त वस्तु बरामद गरी उनलाई पक्राउ गरिएको छ ।

    साथै थप अनुसन्धान गर्ने क्रममा उनीसँगै आएका सुडानी नागरिकहरू ३० वर्षीय MOHAMED OMER USMAN TAIABELASMA र २८ वर्षीय OSMAN ALABED MOHAMAD IBRAHIM समेतको संलग्नता देखिन आएपछि उनीहरुलाई समेत पक्राउ गरिएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद वस्तुसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीको भनाइ छ  ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...