News Portal

  • मेयरलाई मानव अधिकारकर्मीको ध्यानाकर्षण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ मंसिर २०८०
    २१८ पटक
    भक्तपुर, २४ मंसिर २०८०

    मानवअधिकार एलायन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औं वार्षिकोत्सवको अवसरमा ध्यानाकर्षण पत्र पेश गरेको छ ।

    सो ध्यानाकर्षण पत्रमा नेपालमा जलवायू परिवर्तनको असर, नियमित प्रकोपहरु, महामारी, सडक दुर्घटना, हिंसा, हत्या जस्ता घटनाहरुका कारण नागरिकहरु असुरक्षित रहेको र वैदेशिक रोजगारी असुरक्षित भएको तथा स्वरोजगारको व्यवस्था कमजोर भएको, जातीय तथा लैंगिक विभेद, छुवाछुत जस्ता घटनाहरु भइरहेको, विकास योजना निर्माण गर्दा मानवअधिकारका विषयहरुलाई कम ध्यान दिइएको लगायतका विषयहरु उल्लेख छन ।

    ध्यानाकर्षण पत्रमा ती विषयहरुमा समस्या समाधान गर्न राज्यका संघ, प्रदेश र स्थानीय तह गरी सबै निकायहरु र सरकारहरु जिम्मेवार हुनुपर्ने समेत उल्लेख गरिएको छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रजापतिले स्वच्छ खानेपानी, सफाइ र प्रदुषणरहित वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार संविधानले सुनिश्चित गरे पनि व्यवहारमा जनताले उपभोग गर्न नपाएको र रोजगारीको लागि नेपालीहरु विदेशमा जानुपर्ने दुःखदायी अवस्थाले नेपालको जनताले मावव अधिकार राम्रो उपभोग गर्न नपाएको भन्दै दुख व्यक्त गरे ।

    भनपाले शिक्षा, स्वास्थ्य र सरसफाइ लगायतका कानूनले प्रदान गरेको अधिकार भित्र रही जनताको हितमा कार्य गरिरहेको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...