News Portal

  • श्रेष्ठको नेतृत्वमा सहकारी पत्रकार समाज

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ मंसिर २०८०
    १५१ पटक
    भक्तपुर, २९ मंसिर २०८०

    नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंको अनामनगरमा सम्पन्न सीजेएनको १३ औ बार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

    नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह–सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधवकुमार खड्का चयन भएका छन् ।

    यस्तै सदस्यहरुमानमितादुलाल र बलरामबुढाथोकी रहेका छन् । नवनिर्वाचितकार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्रवितरण गरेका थिए ।

    नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
    भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र नै धर्मराएको बताएका हुन् ।

    ‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, ‘सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा समस्या आएको हो ।’

    सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्ने उनले बताए । ‘सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । अबलेखाजाँचकडाइका साथगर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो’,उनले भने, ‘अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।’

    सहकारीहरू सिद्धान्तमा नचल्दा समस्याआएको समेत सचिव दुवाडीले स्पष्टपारे । स्वंयम सञ्चालक नियममाबाँधिननचाहाँदापनि समस्याउत्पन्नभएको सचिवदुवाडीको भनाई थियो ।

    त्यस्तै सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानको लागिकार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताए । उनकाअनुसार पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदापनि ठूलो संटक सृजना भएको हो । यो समस्या समाधानको लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरी अगाडीबढ्नुपर्ने धारणा राखे ।
    ‘समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक छ । हामीबाट पनि विगतमा केही कमीकमजोरी भएको हुनसक्छ’, उनले भने, ‘ती कमि कमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने चुनौती सबैमा छ । सदस्यहरुमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व हामी सबैको हो ।’

    यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी सुधारमा तीनै तहका सरकार, अभियानसँगै सञ्चार माध्यमको पनि भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले हाल संकटका बीच सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि ऐना जस्तै छर्लङ्ग हुनेगरि समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

    त्यस्तै नेपाल बचत तथाऋण केन्द्रीय सहकारी संघकाअध्यक्ष परितोष पौड्यालले सञ्चार माध्यमले तथ्यपरक ढंगले समाचार प्रकाशनतथा प्रसारण गर्न आग्रह गरे । उनले पनिअहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानकालागि सञ्चार माध्यमको भूमिकाप्रभावकारी हुने बताए ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईं, जिल्ला सहकारी संघ काठमाडौंका सचिवबालकुमार बास्तोला, सीजेएनका संस्थापकअध्यक्ष यादव हुँमागाईं, पूर्व अध्यक्ष डिल्लीप्रसाद सापकोटा र निवर्तमान अध्यक्ष खिलानाथ दाहालले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...