News Portal

  • संघीयताले सप्रदै भक्तपुर अस्पताल : ३ सय शैयामा स्तरउन्नती गर्ने प्रदेश सरकारको निर्णय

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ पुस २०८०
    ५३२ पटक
    भक्तपुर, ३ पुस २०८०

    देशमा संघीयता आएसंगै प्रादेशिक अस्पतालमा परिणत भक्तपुर अस्पतालले काचुली नै फेरेको छ । उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि यसको बिकास हुन भने संघीयता नै आउनुपरेको हो ।

    रिफर सेन्टरको रुपमा बदनाम रहेको भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर यसको रुपरेखा नै फेरिदिएको छ । बागमती प्रदेश सरकार मातहत संचालनमा आएपछि स्थापनाको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसीयु सेवा समेत शुरु गर्न सफल भयो । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि यसको साख ह्वात्तै बढेको देखिन्छ । तत्कालिन मेसु डा सुमित्रा गौतमको नेतृत्वमा बिज्ञ चिकित्सक सहितको नियमित र विश्वासिलो उपचार सेवा पाउन थालेपछि भक्तपुरका बिरामीहरु मात्र नभई आसपासका जिल्लाका बिरामी पनि भक्तपुर अस्पतालप्रति आकर्षित हुन थालेका हुन् ।

    दुरबिन प्रविधि बाट शल्यक्रिया, अल्जाइमर्स र मानसिक रोगको निशुल्क सेवा, मुख्यमन्त्री जनता कार्यक्रम मार्फत नसर्ने रोगको निशुल्क स्क्रिनिङ, सुविधासम्पन्न प्रसुती सेवा, एनआइसीयु, एचडियु लगायतका सेवाले गर्दा दिनहु करिब १ हजार बढी बिरामी भक्तपुर अस्पतालमा उपचार गर्न आउने गरेका छन् । गम्भीर प्रकृतीका बिरामीलाई अस्पतालसम्म सुरक्षित ल्याउन प्रदेश सरकारले भक्तपुर अस्पताललाई उच्च हेरचाह युक्त बेसिक लाइफ सपोर्ट एम्बुलेन्स समेत प्रदान गरेको छ ।

    बिरामीहरुको चापलाई मध्यनजर गरी बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको मंगलवार बसेको मन्त्री परिषद बैठकले भक्तपुर अस्पताललाई ३ सय शैयामा स्तर उन्नती गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका भक्तपुरका नेता डिपी ढकालले पुष्टि गरेका छन् ।

    यसै आर्थिक वर्षमा खरिद हुने गरी करिब ८ करोड मूल्यको सिटी स्क्यान मसिनका लागि भक्तपुर अस्पताललाई बजेट बिनियोजन समेत गराउन सफल भएका नेता ढकालले भक्तपुर अस्पताललाई ३ सय शैयामा स्तर उन्नती गरिएपछि उपचारका लागि स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने प्रदेश सरकारको नीति बमोजिम भक्तपुर अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गर्न लागिएको उनले बताए ।

    प्रदेश सरकार मातहत जानु अघि ७५ शैयाको अस्पताल हाल १ सय ८८ शैयाको सुविधा सम्पन्न अस्पतालको रुपमा संचालनमा रहेको छ । नयाँ भवन निर्माण सम्पन्नको चरणमा रहेको र पुरानोमा रेक्ट्रोफिटिङ्ग तथा मर्मत सम्भार समेत सकिएको बताउदै मेसु डा त्रिभुवन चन्द्र झाले प्रदेश सरकारको निर्णयले आफूहरु उत्साहित भएको बताएका छन् । शैयासंगै भौतिक संरचना, जनशक्ति र सेवासुविधा समेत थपिने हुँदा यसले भक्तपुर अस्पताललाई थप व्यवस्थित बनाउने उनले बताए ।

    भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पतालको रुपमा प्रदेश सरकारबाट पुरस्कृत समेत भैसकेको स्मरण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले  प्रदेश सरकारको निर्देशन र स्थानीयको अपेक्षा अनुरुप भक्तपुर अस्पताललाई बिकासको ‘रोल मोडेल’ बनाउने र संघीयताले के गर्यो भन्नेहरुलाई भक्तपुर अस्पताल हेर्न बोलाउने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...