News Portal

  • माओवादी केन्द्रले मध्यपुर थिमिमा मेयर र सांसद जित्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

    प्रदिप श्रेष्ठ मध्यपुर थिमि, ४ पुस २०८०
    २९९ पटक
    मध्यपुर थिमि, ४ पुस २०८०

    नेकपा (माओवादी केन्द्र) को पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि आएको अवसर पारेर नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले बुधवार साँझ शिष्टाचार भेट गरेको छ । मध्यपुर थिमि नगरपालिकाको उपमेयर समेत रहेका स्थानीय नगर पार्टीका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको निवासमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै समसामयिक राजनीतिबारे बुझ्ने अवसर प्राप्त भएको नगर समितिले जनाएको हो ।

    उक्त अवसरमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपुर थिमि नगरपालिका मात्र नभई उक्त निर्वाचन क्षेत्रबाट संसदीय निर्वाचन समेत जित्न स्थानीय कार्यकर्तालाई प्रोत्साहित गरेका छन् । जनतासंग जोडिन र जनयुद्धकालको जस्तै न्यानो सम्बन्ध स्थापित गर्न जोड दिंदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेता बनेर होइन, स्थानीयको सेवक बनेर घरघरको समस्या समाधानमा केन्द्रीत हुन दिशानिर्देश गरेका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताए ।

    आफू नेतृत्वको सरकार सुशासनको पक्षमा खडा भएको र भ्रष्टाचार एवं तस्करी नियन्त्रणमा लागिरहेको मन नपराउने तत्वले उल्टै सरकारलाई बद्नाम गर्न खोज्दैमा आफू बिचलित नबन्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको कामबाट जनतामा नयाँ आशा र बिश्वास बढेको बताएका छन् । विरोधीका भ्रमपूर्ण प्रचारको खारेज गर्दै सरकारका उपलब्धीहरुलाई जनतामाझ स्थापित गर्न समेत उनले स्थानीय नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डसंगै उनकी छोरी समेत रहेकी स्वकीय सचिव गङ्गा दाहाल पनि भक्तपुर आएकी थिइन् ।

    उक्त अवसरमा नगरपालिकाका उपमेयर समेत रहेका पार्टीका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमिमा स्थानिय निर्वाचनका बेला पार्टीले अघि सारेको शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन लगायतकाचुनावी प्रतिवद्धता अनुरुप आफूले काम गरिरहेको जानकारी गराएका थिए । त्यसैगरी प्रधानमन्त्री प्रचण्डले नगरपालिकाको बिकास र सम्बृद्धिका लागि सरकारको सदैव साथ् र सहयोग रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

    बुधवार प्रधानमन्त्री प्रचण्ड पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य मात्रिका यादवको स्वास्थ्य अस्वस्थाबारे जानकारी लिन मध्यपुर आएका थिए । भक्तपुरको मध्यपुर थिमी ३ सुन्दर बस्तीमा बस्दै आएका नेता यादव अस्वस्त भएपछि उनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री मध्यपुर आएका हुन् ।

    पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य यादव गत एक सातादेखि गम्भीर बिरामी रहेका छन् । ज्वरो र टाउको दुखाइ अत्यधिक भएपछि उपचार गराइरहेका यादवको स्वास्थ्यमा सुधार हुन नसकेको परिवारका सदस्यहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेता यादवको शिघ्र स्वास्थ्य लाभको कामना गरेका परिवारको भनाइ छ ।

    matrikaa yadav

    matrikaa yadav

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...