News Portal

  • एसईई उतीर्ण हुन प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने

    बाबुराम दाहालभक्तपुर, ४ पुस २०८०
    २४० पटक
    भक्तपुर, ४ पुस २०८०

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईमा उतीर्ण हुन प्रत्येक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने बताएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण गर्न आयोजित कार्यक्रमलाई बुधवार सूर्यविनायकमा सम्बोधन गर्दै अध्यक्ष डा शर्माले सोकुरा बताएका हुन् ।

    लेटर ग्रेडिङ्ग बाट विद्यार्थीको मूल्यांकन हुने भएपनि ३५ भन्दा कम अंक ल्याएका विद्यार्थी अवर्गीकृत हुने उनले अवगत गराए । नयाँ पाठ्यक्रम लागू भएकाले नयाँ मूल्यांकन प्रणाली लागू गरिएको र ३२ अंक ल्याए पुग्ने प्रावधान बढाएर ३५ पुर्याइएको जानकारी गराउदै अध्यक्ष डा शर्माले ३५ भन्दा कम अंक ल्याएका विद्यार्थीले सर्टिफिकट नै नपाउने प्रष्ट पारे ।

    विद्यालय तहको मूल्यांकनमा एकरुपता ल्याउन र विश्वबजारमा विश्वसनीय बनाउन यसो गरिएको उनले जिकिर गरे । ३५ अंक नल्याउने विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    उक्त अवसरमा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अक्षरांकन प्रणालीको कारण नपढे पनि उत्तीर्ण भइने भन्ने विद्यार्थी र अभिभावकहरुमा भ्रम रहेको भन्दै विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

    कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा नेपाल सरकारका पूर्व उपसचिव अर्जुन बहादुर रायमाझी, नेसनल प्याव्सन केन्द्रीय सदस्य जिबि खड्का, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो लगायतको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा उत्प्रेरक डा. ताराप्रसाद गिरीले आफ्नो प्रस्तुतीकरण मार्फत विविध जीवनपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यत्र खेर फाल्न नहुने र लक्षसहित अघि बढ्नु पर्ने विषयमा मार्गनिर्देशन गरेका नेशनल प्याब्सन भक्तपुरका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक रमेशप्रसाद सिटौलाले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...