नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका भक्तपुर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम सुवालले मजदुर र किसानलाई फाइदा हुनेगरी कानुन संशोधनमा जोड दिएका छन् । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव पेश गरेका सांसद सुवालले मजदुर र किसानलाई फाइदा हुनेगरी कानुन संशोधनमा जोड दिएका हुन् ।
संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा बुधवार बोल्दै सांसद सुवालले मजदुरका लागि प्रधानमन्त्री र मन्त्रीहरुकै जति सेवा सुविधा हुने गरी कानुन बनाउनुपर्ने बताएका छन् । मजदुर वर्गको हित र सम्मान गर्ने हो भने यो आवश्यक भएको उनको भनाइ छ ।
उनले कृषी र पशुसेवा ऐनमा संसोधन माग गर्दै प्रत्येक पालिकामा एक स्नातक उत्तिर्ण पशु चिकित्सक र एक कृषि विज्ञको दरबन्दी राख्न पनि प्रस्ताव गरेका छन् ।