News Portal

  • राष्ट्रसेवक साकोस भक्तपुरमा भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १ माघ २०८०
    २४७ पटक
    भक्तपुर, १ माघ २०८०

    राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था भक्तपुरको १३औं साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पन्न अधिवेशनले प्रवीणबाबु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    कार्यसमितिको उपाध्यक्ष कल्पना बस्नेत, सचिव रामप्रसाद गैडा र  कोषाध्यक्ष राजन खत्री निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा सोमा देवी भट्टराई, अम्विका दाहाल, कविता आचार्य, सोमादेवी निरौला र तेज विक्रम कार्की रहेका छन् । लेखा समिति संयोजकमा निरोज दाहाल तथा सदस्यहरुमा भने रमा नेपाल र सुरेश काफ्ले निर्वाचित भएका छन् ।

    नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए । उक्त अवसरमा सम्बोधन गर्दै अध्यक्ष कोइरालाले सहकारीले नाम अनुसारको काम गर्नुपर्नेमा जोड दिए । आपसी सहकार्य संगै समाज र देशको लागि योगदान गरि उदाहरणीय बन्न उनले प्रेरित गरेका थिए ।

    उद्घाटन समारोहमा संगठनका उपमहासचिव रामचन्द्र अधिकारी तथा युवाचन्द्र घिमिरे त्यस्तै केन्द्रीय सदस्यहरु सुनिल लम्साल, सुशिला शाह, बद्रि कोइराला, टिका के सी लगायतका कर्मचारी नेताहरूको समेत आतिथ्यमा रहेको निजामती कर्मचारीका नेता शिव पोख्रेलले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...