News Portal

  • डिपी ढकालको पहलमा चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित

    मदन ढुंगाना चाँगुनारायण, ११ माघ २०८०
    २५१८ पटक
    dp ghardailo चाँगुनारायण, ११ माघ २०८०

    बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो ।

    प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयले चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित गरी पठाएको प्रस्तावलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृती दिएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ढकालले पुष्टि गरेका छन् । यसका लागि पहल गरिरहेको सामाजिक संजालमार्फत जानकारी गराइरहेका ढकालले श्रोत सुनिश्चित भएको पत्र सार्वजनिक गर्दै चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित भएको पुष्टि गरेका हुन् । चाँगुनारायण फास्ट ट्रयाकलाई पहिलो प्रथमिकता (p1) सडकका रुपमा बहुवर्षीय परियोजनाको रुपमा अगाडि बढाउन रु २० करोडको श्रोत सुनिश्चितता गरिएको उनले जनाएका छन् ।

    यो संगै सामाजिक संजालमा नेता ढकाललाई चाँगुबासीहरुले धन्यवाद दिइरहेका देखिन्छन । चाँगुनारायण नगरपालिकाका पूर्व नगर प्रमुख एवं प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले सामाजिक संजालमा लेखेका छन्, ”कमरेड डिपी ढकाल लगायत पहल गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।” त्यसैगरी चाँगुनारायण नगरपालिकाका पूर्व जनप्रतिनिधि रहेका स्वतन्त्र अभियन्ता दिनेश खनालले पनि सामाजिक संजाल मार्फत ढकालको प्रशंसा गरेका छन् । खनालले सामाजिक संजालमा लेखेका छन्, ”तपाईलाई निर्वाचित जनप्रतिनिधि बनाएर पठाउन नसके पनि चाँगुनारायणको जनताको मनमनको प्रतिनिधि बन्नुभएको छ ।सफलता मिल्दै जाओस, शुभकामना छ ।”

    चाँगुनारायण क्षेत्रका नेता समेत रहेका वडा नम्बर ७ निवासी डिपी ढकाल अर्थ राजनीतिमा दख्खल राख्दछन । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका ढकालको कार्यकर्ता खुशी पार्न नभई प्रदेश सम्बृद्ध बनाउने आयोजनामा ध्यान दिनुपर्नेमा जोड रहँदै आएको छ । दीर्घकालीन महत्वको योजनामा बजेटको सदुपयोग हुनुपर्ने जोड दिंदै आएका उनले समृद्ध चाँगुनारायणको सपना मात्र देखेका छैनन्, योजना नै बनाएका छन् । अर्थशास्त्रका आधा दर्जन पुस्तक नै लेखिसकेका उनले ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ अभियानको परिकल्पना गरेका छन् भने नगर क्षेत्रका ३ खोलामा करिडोरका लागि बजेट बिनियोजन गर्न सफल भएका छन् ।

    नगरकोट र चाँगुनारायणलाई प्रदेशको पर्यटकीय गन्तव्यस्थल बनाउने देखि यसै क्षेत्रमा प्रदेशको औद्योगिक ग्राम स्थापनाको निर्णय गराउन समेत उनलाई सफलता मिलेको छ । आफ्नो क्षेत्रलाई धेरै प्राथमिकता दिएको आरोप उनीमाथि लाग्ने गरेपनि उनले त्यसको पर्वाह गरेका छैनन् । बिकास र पूर्वाधारको हिसावले पछि पारिएकाले चाँगुमा गर्नुपर्ने अझै धेरै काम बाकी भएको उनले बताउदै आएका छन् ।

    प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकलाई पहिलो प्राथमिकताको सडकका रुपमा राखी बहुवर्षीय परियोजनाको रुपमा अगाडि बढाउने भएपछि चाँगुनारायण नगरपालिकाको आफ्नै सडक संजाल हुने भएको छ । चाँगुनारायण १ को सरस्वतीखेल देखि वडा नम्बर ९ को ताथली सम्म करिब १९ किमी लम्बाई हुने यो फास्ट ट्रयाक ४ र ६ बाहेक चाँगुनारायणको सबै वडामा पुग्नेछ भने यसले ४ र ६ का शाखा बाटो पनि छुनेछ र चाँगुनारायणको सबै वडालाई एकआपसमा जोड्ने छ । यसले काठमाडौंसंग चाँगुनारायणको दुरी पनि घटाउने छ । यो सडक भौतिक सुविधाको दृष्टिले मात्र नभई कृषी उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा समेत कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...