News Portal

  • पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायो ऐन

    न्यूजकारखानामध्यपुर थिमि, १६ माघ २०८०
    १७७२ पटक
    मध्यपुर थिमि, १६ माघ २०८०

    सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै नगरपालिकाले सहकारी नियमावली २०८० पनि तयार पारेको छ ।

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति बढेकाले यसलाई  नियन्त्रण गर्न सहकारी ऐन-२०७९ तथा सहकारी नियमावली २०८० तयार पारेको जनाएका छन् ।

    मध्यपुर थिमि नगरपालिका उद्योग, सहकारी तथा रोजगारी प्रवर्द्धन शाखाले नगरपालिकाले तयार पारेको सहकारी ऐन २०७९ तथा सहकारी नियमावली २०८० बारे गरेको अभिमुखीकरण कार्यक्रममा मेयर श्रेष्ठले अव सहकारीहरुलाई व्यवस्थित बनाउने कार्य सुरु भएको बताएका छन् । ‘अहिलेसम्म सहकारीको अवस्था हामीले राम्ररी बुझ्न पाएका छैनौँ, मेयर श्रेष्ठले भने, ‘अब यो ऐन बनेसँंगै विशेषज्ञसहितको टोली लिएर हामी सहकारीको अवस्था बुझ्न जानेछौं ।’ उनले अनियमित गरेको सहकारी संस्थाहरुलाई त्रुटी सच्याउन सुझाब दिने र बारम्बारको अनुरोधलाई पनि बेवास्ता गरी नसच्याएमा कारबाही गर्ने प्रतिवद्धता प्रकट गरे ।

    तयार ऐनमा ऋण असुलीमा कठोर हुने व्यवस्था छ । साथै अनियमित गर्ने सहकारी संस्थाहरुलाई कालोसूचिमा राखी नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सिफारिसदेखि सेवासम्म रोक्का राख्ने व्यवस्था गरिएको छ । संस्थाबाट ऋण लिई रकम अपचलन गर्ने, तोकिए बमोजिमको किस्ता, साँंवाव्याज फिर्ता नगर्ने सहकारी संस्थाका सदस्य र संस्थालाई कालोसूचिमा राख्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले ऐन नबन्दाको अवस्थामा कारबाही गर्न अप्ठेरो भएको अनुभब सुनाउदै यसकारण ऐन बनाएर अगाडि वढेको बताए । उनले बढी व्याजको लोभ गरेर जथाभाबी जुनसुकै सहकारीमा रकम जम्मा नगर्न पनि सुझाएका छन् ।

    कार्यक्रममा नगरपालिकाभित्र रहेका १ सय २८ वटा सहकारीहरुका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रममा नगरपालिका क्षेत्रभित्रका ९ वटै वडाका वडा अध्यक्षहरु, महाशाखा प्रमुख, जिल्ला सहकारी समितिका अध्यक्ष, सहकारी विज्ञहरूले सहकारीमा रकम जम्मा गर्न अनेक विषयहरुमा सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रममा सहकारी सम्बन्धी ज्ञान तथा जानकारी प्राप्त गर्न अनलाइन माध्यमबाट निःशुल्क सम्पूर्ण नगरभित्रका सहकारी संस्थाहरूले पाउन सकिने व्यवस्था भएको बताइएको छ । कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...