News Portal

  • चाँगुनारायणका मेयर जीवन खत्री जापान प्रस्थान

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, २१ माघ २०८०
    ५३१ पटक
    चाँगुनारायण, २१ माघ २०८०

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बारे बुझ्न उनी आइतबार राति जापानतर्फ प्रस्थान गरेका हुन् ।

    जापानी संस्था जाइकाको छनौटमा परी मेयर खत्री जापान प्रस्थान गरेका नगरपालिकाका बिपद् ब्यवस्थापन बिज्ञ दिनेश थापाले पुष्टि गरेका छन् । जाइकाको ज्ञान सहयोग कार्यक्रम अन्तर्गत अध्ययन भ्रमणका लागि चाँगुनारायण छनौट भएको र नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रमुख खत्री अध्ययन भ्रमणमा सहभागी भएका थापाले जनाएका हुन् । जापानमा बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्रणालीबारे अध्ययन गर्न र त्यहाँ गरिएको योजनाको स्थलगत निरीक्षण गर्न मेयर खत्रीले करिब २ साता जापानमा खर्चने चाँगुनारायणका बिपद् ब्यवस्थापन बिज्ञ दिनेश थापाले जानकारी गराएका छन् ।

    पहिरोको जोखिममा रहेको चाँगुनारायणको पहिरो नियन्त्रणमा मेयर खत्रीको अध्ययन भ्रमणले महत्वपूर्ण उपलब्धी हासिल हुने बिश्वास ब्यक्त गरिएको छ । उनलाई बिदाइ गर्न नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडाका वडाध्यक्ष जनक खत्री, वडा नम्बर १ का वडाध्यक्ष लगायत जनप्रतिनिधि एवं नेपाली कांग्रेस चाँगुनारायणका नेताकार्यकर्ता बिमानस्थल पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...