News Portal

  • शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ माघ २०८०
    ३२६ पटक
    maniram gelalभक्तपुर, २३ माघ २०८०

    सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

    सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी गेलाल इन्जिनियरिङ समूहबाट सचिवमा पदोन्नती भएका थिए । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय तथा खानेपानी मन्त्रालयमा उनी सचिव रहिसकेका छन् ।

    सहसचिव हुँदा शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक रहीसकेका गेलाललाई शहरी विकास मन्त्रालय बुझेका विषय बिज्ञको रुपमा बुझिन्छ । उनी बिल्डिङ एण्ड आर्किटेक इन्जिनियर हुन् ।

    गेलाललाई सहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको सरकारले त्यहाँका सचिव सरजु कुमार वैद्यलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...