News Portal

  • पाकिस्तानमा सरिफ भुट्टो सरकारको सम्भावना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ माघ २०८०
    २०९ पटक
     भक्तपुर, २७ माघ २०८०

    इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपी सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।

     

    पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्।

     

    पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट आवश्यक छ । अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन्  भने नवाज सरिफको पीएमएल–एनले ७१ सिट र बिलावल भुट्टोको पीपीपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जीत हासिल गरेका छन । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी रहेको छ ।

     

    तर, जियो न्यूज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्र र पञ्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन्।

    केन्द्र सरकारको तहमा पनि दुई समुहका बीच सहमति भइसकेको छ । पीएमएल–एनका अध्यक्ष शहबाज सरिफले पीपीपीका अध्यक्ष बिलावल भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन्।

     

    उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले इस्लामावादको तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पीटीआई उच्च अदालत पुगेको छ । छिट्टै निवेदन दायर गरिनेछ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...