News Portal

  • मन्त्री दुलालको नेतृत्वमा चाँगुनारायणको निर्माणाधीन सडक निरीक्षण

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, १ फागुन २०८०
    ४५५ पटक
    चाँगुनारायण, १ फागुन २०८०

    भक्तपुरको देकोचाबाट चाँगुनारायण हुँदै साँखु जाने बाटो निर्माणको मंगलवार निरीक्षण गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा मंगलवार उक्त निर्माणाधीन सडकको निरीक्षण गरिएको हो ।

    सडक स्तरोन्नती निर्माण कार्यको निरीक्षण गर्दै मन्त्री दुलालले यो सडक मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर भित्रिने बैकल्पिक बाटो हुने बताए । यसले भक्तपुरसंग काठमाडौं, काभ्रे, दोलखा र रामेछापको दुरी घटाउने समेत मन्त्री दुलालले दावी गरेका छन् ।

    प्रादेशिक सडक गुरुयोजना अनुसार प्रदेश सरकारले काम गरिरहेको जिकिर गर्दै मन्त्री दुलालले भक्तपुरका दर्जनौं सडक बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनले जनताको कर जनताकै सेवा सुविधामा सदुपयोग गर्नुपर्नेमा जोड दिंदै निर्माण कार्यमा कुनै कमजोरी नगर्न सम्बन्धित निर्माण व्यवसायी र भौतिक पूर्वाधार कार्यालयलाई निर्देशन पनि दिएका छन् ।

    उक्त अवसरमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार एवं भक्तपुरका बौद्धिक नेता डिपी ढकालले सडक सिमाङ्कनलाई शिघ्र सम्पन्न गरी थप काम अघि बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । अर्थ राजनीतिका विद्धान नेता ढकालले भक्तपुरमा मात्र १ करोड माथिका योजनाहरु जोड्दा प्रदेश सरकारले १ अर्व १७ करोड बजेट बिनियोजन गरी बिकास निर्माणका कार्य भैरहेका जानकारी दिंदै यहाँका सबै राजनीतिक दल, जनप्रतिनिधि एवं लाभग्राहीहरु बजेटको सदुपयोगका केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

    सडक निरीक्षण टोलीमा सहभागी बागमती प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले प्रादेशिक संरचनाको बिरोध गर्नेहरु परिवर्तनको मात्र नभई बिकासको पनि बिरोधी भएका बताए भने जनयुद्ध दिवसकै दिन जनताको बाटो निर्माणको अवलोकन गरेर प्रदेश सरकारले आफू जनताको पक्षमा रहेको संदेश दिएको अर्की प्रदेश सांसद एवं माओवादी नेतृ भुवनकेशरी श्रेष्ठले दावी गरिन् ।

    निरीक्षणमा सहभागी भएका चाँगुनारायण नगरपालिकाकाका उपप्रमुख रमेश बुढाथोकीले सडक सिमाङ्कन लगायत निर्माण सम्पन्न गर्नेक्रममा आइपर्ने स्थानीय समस्या समाधानमा नगरपालिकाले समन्वय गरिरहेको जानकारी गराएका छन् ।

    त्यस्तैगरी बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री एवं नेपाली काँग्रेस भक्तपुरका नेता कृष्णलाल भँडेलले आफू मन्त्री हुँदा चाँगुनारायण प्राथमिकतामा परेको र अहिले पनि प्रदेश सरकारले यसलाई प्राथामिकतामै पारिरहेको बताउँदै छिट्टै चाँगुनारायण भौतिक पूर्वाधारले भरिपूर्ण हुने बिश्वास व्यक्त गरे ।

    निरीक्षण टोलीमा रहेका चाँगुनारायण नगरपालिकाका पूर्व नगर प्रमुख सोमप्रसाद मिश्रले राजनीतिमा प्रतिसपर्धा र बिकासमा एकता हुनु पर्ने बताए । बागमती प्रदेश सरकारको बजेटलाई प्रभावकारी सदुपयोग गर्न सके नगरपालिका बिकासमा अघि बढ्ने एमालेका केन्द्रीय सदस्य समेत रहेका पूर्व नगर प्रमुख मिश्रको भनाइ छ ।

    उक्त सडक निरीक्षण कार्यक्रममा स्थानीय वडाध्यक्षहरु श्यामसुन्दर धिमाल, धनबहादुर लामा, रोजबहादुर तामाङ्ग, माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप प्रजापति र जिल्ला संयोजक सुनिल गोठे बासु, पूर्वाधार बिकास कार्यालय काभ्रेका कार्यालय प्रमुख राजु श्रेष्ठ र लेखा प्रमुख श्रवण ढुंगाना, नेपाल पत्रकार महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तक, त्यसैगरी स्वतन्त्र अभियन्ता दिनेश खनाल, सुन्दर खनाल, स्थानीय नेताहरु रामभक्त खत्री, नरेश खड्का, रामकुमार तामाङ्ग, सानुकान्छा तामाङ्ग, चण्डिका लामिछाने लगायतको सहभागिता रहेको थियो ।

    यस्तो छ सडकको काम
    सडक १२ मिटर चौडा गर्नेगरी निर्माण कम्पनीले ठेक्का स्वीकार गरी काम शुरु गरेको छ । कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटेनिङ वाल, सवर लाइन र प्लम ड्रेन लगायतका काम गरिरहेको छ ।

    ५ करोडबाट ५९ करोड बिनियोजन
    यो सडकको लागि यस क्षेत्रका यस अघि सांसद समेत रहेका बागमती प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले ५ करोड बिनियोजन गरेका थिए । सरकार परिवर्तन संगै बजेट काटिने चिन्ताले स्थानीय ब्याकुल बनेका थिए । संयोगबस अहिले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी सह्हाल्न पुगेका डिपी ढकाल पनि यसै क्षेत्रका नेता भएकाले स्थानीयले बजेट निरन्तरताको माग गरे । सत्तारुढ दलका सांसद देवेन्द्र श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ र सुरेश श्रेष्ठले समेत यसमा पहल गरे ।

    जनप्रतिनिधिको आग्रह र पूर्वाधार बिकास कार्यालय काभ्रेको सिफारिसमा भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले बजेट ५ करोडलाई बढाएर ५९ करोड बिनियोजन गरिदिए । सरकार परिवर्तन संगै बजेट काटिने हल्ला भएपछि  आफूहरूले चासो राखेको र बजेट वृद्धि गराउन पहल गरेको नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक सुनिल बासुले बताए ।

    ३९ करोड ५५ लाख रुपैयाँको लागत
    देकोचा चाँगु न्याचोपौवा मंगलटार साँखु सलम्बुटार सडक नामाकरण गरिएको सडक स्तरोन्नती आयोजना ३९ करोड ५५ लाख रुपैयाँमा निर्माण कम्पनीले ठेक्कामा लिएको छ ।

    बागमती प्रदेश सरकारको धुलिखेलस्थित भौतिक पूर्वाधार कार्यालयले यसको स्तरोन्नती कार्यका लागि ठेकेदार कम्पनी देव एण्ड सायर/ज्ञानज्योति/क्षितिज जेभी कोटेश्वर संग निर्माण सम्झौता गरि काम भैरहेको छ । ५९ करोड बजेट बिनियोजन भएको यो आयोजनामा घटाघट गरी उक्त संयुक्त कम्पनीले ३९ करोड ५५ लाख रुपैयाँको लागतमा काम सक्नेगरी ठेक्का स्वीकार गरेको हो ।

    निर्माण सम्पन्न गर्न अझै १४ महिना 
    करिब साढे ८ किमि लम्बाई रहेको यस सडकको निर्माण २ वर्ष भित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको छ । गत बैशाख ३१ गते निर्माण सम्झौता भएको सडक २०८२ बैशाख ३० सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भौतिक पूर्वाधार कार्यालय काभ्रेका लेखा प्रमुख श्रवण ढुंगानाले जनाएका छन् । यस सडकको शिलान्यास मन्त्री दुलालले नै गरेका थिए ।

    यसैबीच, सडक अनुगमन लगत्तै बागमती प्रदेश सरकारले बनाइरहेका चाँगुकै दुवाकोटबाट मुलपानी जोडने पुल, मध्यपुर ७ बाट हरहर महादेव जोडने पुल, खोल्सोबाट नारायणटार हुँदै नेक कलेज जोडने बाटो र चाँगुनारायणकै होम स्टेको समेत स्थलगत निरीक्षण गरिएको मन्त्री दुलालको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...