News Portal

  • भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    निशा कुस्माभक्तपुर, १३ फागुन २०८०
    २०७ पटक
    भक्तपुर, १३ फागुन २०८०

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष दीपेश राज शर्माले शनिबार भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुन लागेको जानकारी दिएका हुन्।

    अध्यक्ष शर्माले यहि फागुन १८ र १९ गते दुई दिन भक्तपुर दरबार क्षेत्रमा ब्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी हुने बताएका छन्। भक्तपुर पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपाली, उनका छोरा केदार बनेपाली र नाति किसन बनेपाली तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न काल खण्डमा खिचेका भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संगसंगै यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी आयोजना गर्ने जमर्को गरेको अध्यक्ष शर्माको भनाइ छ।

    उनका अनुसार वनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक-फरक काल खण्डको फोटोहरुले भक्तपुरको परिवर्तित जिवनशैलीमात्र नभई यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउने छ। विज्ञप्तिमा “वनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक-फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहाँको परिवर्तित जिवनशैलीमात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउँछन् । यसले भक्तपुरको साँस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तन समेत उजागर गर्ने हामीले विश्वास लिएका छौं।”, भनिएको छ।

    प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर राखिने भक्तपुर पर्यटन विकास समितिले जनाएको छ। एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्ने समितिको ठहर छ। “प्रदर्शनीमा तीन पुस्ताले फरक-फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ। यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्नेछ। प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन्न। जुन तस्वीरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउन टेवा दिने हामीले विश्वास लिएका छौं।”, भक्तपुर पर्यटन विकास समितिले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

    ८० वर्ष अगाडीको फोटो प्रर्दशनीमा राख्ने

    बुवाको प्रेरणाबाट फोटोग्राफीमा लागेका केदार बनेपालीले फोटो प्रदशनीमा ८० वर्ष अगाडिको फोटोहरु पनि समेटिने बताएका छन्। २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता बनेका उनले आफ्ना बुवा स्व. बद्री प्रसाद बनेपालीले ८० बर्ष अघि खिचेका फोटोहरु समितिने बताएका छन्।

    भक्तपर पर्यटन विकास समितिले स्व. बद्री प्रसाद बनेपाली सम्भवत भक्तपुरकै पहिलो व्यवसायिक फोटोग्राफर हुनुपर्ने अनुमान लगाएको छ। १४ बर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्के पछि केही बर्ष सम्म घर घरमा गई फोटो खिचेको अनुभव सुनाएको सम्झदै छोरा केदार बनेपलिले आफ्ना बुवाले वि.सं. २०१० मा आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु बताउँछन्।

    २०६६ सालमा टेलिभिजन रिपोर्टिङ्ग छोडेर उनी आफनै दत्तात्री स्टुडियोमा आवद्ध भएका थिए। बनेपलिका अनुसार प्रदर्शनीमा करिव ५० वर्ष अघि उनले खिचेका तस्वीरहरु सामेवेश गरिने छ। साथै उनले आफ्ना छोरी सुनी र छोरा किशनले खेचेका फोटो हरु पनि रहने जानकारी दिए।

    भक्तपुरको मजदुर दैनिक र काठमाडौँको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गरेका सुनी बनेपालीले प्रदर्शनीमा स्व. हजुरबुवा बद्री प्रसाद बनेपाली, बुवा केदार बनेपाली र आफुले खिचेका फोटो संगै राखिने बताएकी छन्। यसरी तीन पुस्ताको फोटोसंगै राख्दा प्रदर्शनी हेर्न आउनेलाई परिवर्तित जिवनशैली मात्र नभई यहाँका सम्पदाहरुमा आएको परिवर्तन समेतको ज्यान हुने उनी बताउँछन्। उनले करिव ३० वर्ष अघि खिचेका फोटोहरु प्रदर्शनी राखिने छ।

    च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको संवाददाता भएर काम गरेका किसन बनेपालीले हाल स्व. हजुरबुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको व्यवस्थापन हेर्दै आएका छन्।

    विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन भक्तपुरका वरिष्ठ राजनीतिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने छन्। २ दिने हुने उक्त प्रदर्शनी विहान १० देखी बेलुका ५ बजेसम्म खुल्ला रहने छ भने ६८ वटा फोटो प्रदर्शनीमा राखिने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...