News Portal

  • ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १६ फागुन २०८०
    ११०२ पटक
    भक्तपुर, १६ फागुन २०८०

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठनको आह्वानमा सिटिइभिटिका कर्मचारीहरु आन्दोलनमा रहेका छन् । पदपूर्ति लगायत विविध मागहरू राखि उनीहरु धर्नामा बसेका हुन् । धर्ना बसेको ३५ दिन पुगिसक्दा पनि आफूहरुको न्यायिक आन्दोलनलाई व्यवस्थापनले बेवास्ता गरेको आरोप लगाउंदै अध्यक्ष तेजबहादुर खत्रीले आन्दोलन लाई अझ कडा बनाउनुको बिकल्प नदेखिएको बताएका छन् ।

    परिषद्काे मुख्य प्राङ्गणमा मागहरू उल्लेखित ब्यानर सहित संगठनका अध्यक्ष तेजबहादुर खत्री, उपाध्यक्ष कमल ढकाल र महासचिव शिवानन्द मिश्रसहितको नेतृत्वमा कर्मचारीहरु धर्नामा बसेका देखिन्छन । तीन जना पदाधिकारी कार्यालय समयभरी धर्नामा बस्ने गरेको संगठनका अध्यक्ष तेजबहादुर खत्रीले जानकारी गराएका छन् । आफूहरु कर्मचारीहरूको भावनाअनुरुप आन्दोलनमा रहेको अध्यक्ष खत्रीले दावी गरेका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठनसँग विभिन्न मितिमा व्यवस्थापनले गरेका निर्णय तथा उच्च अदालत, पाटनबाट मिति २०८०/ ०५/२७ गते जारी भएकाे आदेश अनुसार माघ १० गते भित्रमा पदपूर्ति गर्नुपर्ने माग पुरा नभएपछि आन्दाेलनका कार्यक्रम ल्याएकाे उनले जानकारी गराए । उनीहरुले व्यवस्थापन संग ५ बुंदे माग अघि सारेका छन् ।

    सिटिइभिटिमा वर्षौ देखि जरा गाडेर बसेका कर्मचारीका कारण बेथिति बढेको बताउदै त्यस्ता ठाउँहरुमा जिम्मेवारी हेरफेर हुनुपर्ने संगठनको अर्को प्रमुख माग रहेको महासचिव शिवानन्द मिश्रले बताए । सिटिइभिटिमा कतिपय कर्मचारी १५ वर्ष भन्दा बढी समयदेखि एउतै शाखामा रहेको खुलासा गर्दै उनले बढीमा ५ वर्ष एकै शाखामा बसेका कर्मचारीको सरुवा हुनुपर्ने आफ्नो संगठनको माग रहेको बताएका छन् । त्यस्तै सेवा करार तथा ज्यालादारी कर्मचारीकाे महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घाेषणा गरेकाे सामाजिक सुरक्षाकाे व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरि परिषद् अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया शुरू गर्नुपर्ने लगायतका मागहरू समेत राखेकाे महासचिव शिवानन्द मिश्रले जानकारी गराएका छन् ।

    सिटिइभिटिका सदस्य सचिव इ. महेश भट्टराईले भने आफूलाई असहयोग गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन शुरु गरेको बुझेका छन् । आफू जिम्मेवारीमा आउना साथ् आन्दोलन शुरु गरिएकोमा उनको असन्तुष्टि रहेको पाइएको छ । उनले सिटिइभिटिको वार्षिकोत्सवमा प्रमुख अतिथिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै ल्याएर संगठनको आन्दोलन निस्तेज पार्ने रणनीति लिएका थिए । तर, सचिवालयले कर्मचारीको आन्दोलन स्थगित नभई प्रधानमन्त्री आउन नसक्ने बताएपछि उनको त्यो योजना सफल हुन सकेन ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट कर्मचारीहरुको संगठन हो भने सिटिइभिटिका नव नियुक्त सदस्य सचिव इ. महेश भट्टराई पनि माओवादी केन्द्र निकट मानिन्छन । ३५ दिन देखि आन्दोलित कर्मचारी संगठनलाई बेवास्ता गरी व्यवस्थापन पक्षले के संदेश दिन खोजेको हो त्यो भने बुझी नसक्नु भएको एक निर्देशककै भनाइ छ । प्रधानमन्त्री निकट सदस्य सचिवले नै नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग सम्बोधन गर्ने तत्परता नदेखाउनु लाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सिटिइभिटिको नेतृत्व भने अध्यक्षका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राइले गरेका छन् । मन्त्रालयले पनि आन्दोलन स्थगनका लागि कुनै पहल नगरेको बताइन्छ ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटिइभिटिका सस्थापक नेता समेत रहेका र अहिले प्रशासनका उप निर्देशक रोहित दाहालले भने वार्ताको पहल भैरहेको दावी गरेका छन् । पदपूर्तीको विषय अर्थ मन्त्रालय संग पनि जोडिएकोले समय लाग्ने भएपनि अन्य विषय लाई सम्बोधन गरेर अघि बढ्ने बारे छलफल भैरहेको उनले जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...