News Portal

  • अस्पतालमा रुद्री !

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ फागुन २०८०
    ३१८ पटक
    भक्तपुर, १८ फागुन २०८०

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले नै भगवान गुहार्दा मानिसहरु चाख मानेर हेरिरहेका देखिन्थे ।

    अस्पतालकी प्रमुख रहेकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले अस्पतालमा रुद्री पूजा गरिएको पुष्टि गरिन् । उनले सकारात्मक उर्जाको लागि रुद्री पूजा गरिएको जिकिर गरेकी छन् । विज्ञान पढ्दैमा मानिस नास्तिक नहुने बताउदै डा गौतमले नयाँ भवनमा रुद्री पूजा लगाउने परम्परा अनुरुप रुद्राभिषेक गरिएको बताएकी छन् ।

    बिरामीको जीवन बचाउने कर्म गर्न बनेको अस्पताल भवन चीरस्थायी, लाभदायी अनि कार्य सिद्धि प्रदायक होस् र भवनमा नकारात्मक तरंग नहोस् भन्ने उदेश्यले रुद्री पूजा गरिएको डा गौतमले जानकारी गराएकी छन् । पूजालाई रुढीवादसंग मात्र जोडेर हेर्न नहुने डा गौतमको जिकिर छ ।

    संहारकर्ताको रुपमा भगवान शिवको रुद्र रुप भयानक मानिन्छ । रुद्रीपूजा गर्नाले भगवान शिव प्रसन्न हुने र उनको कृपा प्राप्त भैरहने धार्मिक बिश्वास रही आएको अस्पताल बिकास समितिका अध्यक्ष रमण कायस्थ बताउछन । अस्पतालका सम्पूर्ण चिकित्सक र कर्मचारीको इच्छा अनुसार नयाँ भवनमा रुद्री पूजन गरिएको अध्यक्ष कायस्थले जनाएका छन् ।

    अस्पतालको नयाँ भवन युके एआइडीको आर्थिक सहयोगमा करिब ३७ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । नयाँ भवन बनेसंगै अस्पतालले शुक्रवार नै सोही भवनबाट शल्यक्रिया सम्पन्न गरी प्रसुती सेवा समेत शुरु गरेको छ । प्रशासनिक नेतृत्वमा डा गौतम रहँदा निर्माण शुरु गरिएको नयाँ भवन डा गौतमको तेस्रो कार्यकालमा निर्माण सम्पन्न भएको हो । यसको औपचारिक उद्घाटन कार्यक्रम भने गरिएको छैन ।

    विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल हो । हाल वागमती प्रदेश सरकार मातहत रहेको यो अस्पतालमा दैनिक १ हजारको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । भक्तपुर अस्पताल प्रदेशकै सर्वोत्कृष्ट अस्पतालको रुपमा रहेको छ भने प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमकट्टेलले यसलाई ३ सय शैयामा बिस्तार गर्ने घोषणा समेत गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...