News Portal

  • भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ फागुन २०८०
    २३९ पटक
    भक्तपुर, १९ फागुन २०८०

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरु, प्रदेश स्काउट परिषद् र स्थानीय परिषद् र स्थाय परिषदका सदस्यहरुलाई भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको बधाइ ज्ञापन गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउटले महत्वपूर्ण भूमिका रहने बताइन । भक्तपुरलाई शिक्षाको गन्तव्य बनाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को घोषणापत्र अनुरुप कार्य गरिरहेको बताउँदै शिक्षालाई व्यवहारिक बनाउन र ज्ञानसहितको शिक्षा दिन स्काउट उपयोगी रहेको उनले बताइन । अहिलेको युगमा इन्टरनेटका नराम्रा पक्षहरुबाट बालबालिका र युवाहरुलाई जोगाउनका लागि स्काउटिङ्ग कक्षा अपरिहार्य रहेको बताइन् ।

    नेपाल स्काउटका नवनियुक्त राष्ट्रिय आयुक्त महेन्द्र राज रञ्जितले नेपाल स्काउटको ऐनलाई प्रतिष्ठापन गर्ने गरी नयाँ विधेयक सदनमा प्रस्तुत हुन गइरहेको उनले जानकारी गराए । जनतालाई अनुशासित बनाउन, स्वयंसेवी भावना जगाउनका लागि स्काउटको पाठ्यक्रम विकास गरिएको बताउँदै विभिन्न उमेर समूहका लागि नीतिहरु बनाइ सकेको बताए । स्काउटलाई सवल र सक्षम बनाउनका लागि स्थायी आयस्रोतका लागि स्थानीय स्काउटले कार्य गर्नुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा स्काउटका आयुक्त शिवराम अर्याल, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, पूर्व तालिम आयुक्त भक्त राजभण्डारी स्काउटको गरिमाका विषयमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

    उक्त अवसरमा चाँगनारायण नगरपालिकाका आयुक्त राजकुमार जरेजु, मध्यपुर थिमीका आयुक्त तुल्सीहरी प्रजापति, सूर्यविनायक नगरपालिकाका आयुक्त कृष्मा थोकरले स्काउटका विकासमा लागिपर्ने बताए ।

    भक्तपुर नगरपालिकाका आयुक्त बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परिषदका सदस्यहरु रत्ना चवाल, कृष्णसुन्दर प्रजापति, मैयाँ त्वायनाबासुलगायतलाई सम्मान गरेको थियो । यसैंगरी बागमति प्रदेशका आयक्त शिवकुमार त्वायनासहित परिषद सदस्यहरुलाई पनि सम्मान गरेको थियो । राष्टिय प्रधान कार्यालयका आयुक्तहरु पनि सम्मानित भएको कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकाका परिषद सदस्यहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...