News Portal

  • दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० चैैत २०८०
    १७० पटक
    suryabinayak municipality katunjeभक्तपुर, १० चैैत २०८०

    सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई उक्त खोप लगाएको हो ।

    सरकारले भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लक्षित गरी खोप अभियान संचालन गरेको थियो ।

    अभियानमा नगर भित्रका ३२ हजार ५ सय ५७ बालबालिकालाई दादुरा-रुबेला बिरुद्धको खोप लगाइएको सूर्यविनायक नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख बसन्तप्रसाद चापागाईंले बताएका छन् । ८८ खोप केन्द्र खडा गरी खोप लगाइएको उनले बताए । ५ वर्ष मूनिका ९ हजार ९ सय ६१ र ५ देखि १५ वर्ष उमेर समुहका २२ हजार ५ सय ९६ जना बालबालिकालाई अभियान अन्तर्गत खोप लगाइएको उनले जानकारी गराएका छन् ।

    लक्षित सबै बालबालिका लाई खोप लगाउन सफल भएको प्रति नगर प्रमुख बासुदेव थापाले सन्तोष व्यक्त गरेका छन् । बालबालिकालाई दादुरा-रुबेलाको सम्भावित प्रकोपबाट बचाउन खोपले सहयोग गर्ने उनले बिश्वास व्यक्त गरे ।

    खोप अभियानमा लक्षित समुहको निर्धारित संख्यालाई खोप लगाउन सफलता प्राप्त गरेका अन्य नगरपालिका क्रमस मध्यपुर थिमी नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका रहेका छन् । मध्यपुरले ९७ प्रतिसत बालाबालिकलाई खोप लगाउन सफल हुँदा भक्तपुरले ९५ प्रतिसत बालबालिकालाई खोप लगाउन सफल भएको छ । चाँगुनारायण नगरपालिका ८९ प्रतिसत प्रगती संगै पछाडी परेको छ ।

    जिल्लाको प्रगती भने औसतमा ९५ प्रतिसत भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न नसकेका कारण सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख अस्मिता ओझाले बताएकी छन् ।

    दादुरा-रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका ७ वटा रोग विरुद्धको खोप पनि सँगै सञ्चालन गरिएको थियो ।

    के हो दादुरा-रुवेला

    युनिसेफले जनाए अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।

    दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरू (mucosa) मा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।

    यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउँन्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

    बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...