News Portal

  • मध्यपुर थिमिमा अनुमति नलिएका र लिएर पनि कर नतिरेका होर्डिङ बोर्डहरु हटाइने

    निशा कुस्मामध्यपुर थिमि, १२ चैैत २०८०
    २४४ पटक
    मध्यपुर थिमि, १२ चैैत २०८०

    मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्ड, ब्यानर र डिस्प्लेहरु हटाउने भएको छ । सोमबार ३० दिने सूचना जारी गर्दै नगरपालिकाले त्यस्ता सामाग्री हटाउन अन्यथा जफत समेत गरिने जानकारी गराएको हो ।

    नगरपालिकाभित्र अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रूपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरूको विज्ञापन तथा प्रचार–प्रसार सामग्रीहरू राखिएको पाईएपछि सूचना जारी गर्नु परेको नगर उप प्रमुख विजय कृष्ण श्रेष्ठले बताएका छन् ।

    जथाभावी प्रचार सामाग्री राख्ने, प्रयोजन सकिएपछि पनि नझिक्ने जस्ता कारण नगरको सौन्दर्य समेत बिग्रिएको उनले बताए । कर नातिरी प्रचार सामाग्री राख्दा कर तिर्नेलाई समेत निरुत्साहित गरेको भन्दै उपप्रमुख श्रेष्ठले बिज्ञापन लाई व्यवस्थित गरी नगरको आम्दानी वृद्धि गर्ने उदेश्य रहेको उल्लेख गरेका छन् ।

    मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विज्ञापन कर नतिरी प्रचार सामग्री राख्न नपाइने ऐनमै व्यवस्था भएको बताउँदैं त्यस्ता सामग्री हटाउन र विज्ञापनका सामग्रीहरुलाई नियमन गर्न सूचना प्रकाशन गरिएको जानकारी गराए ।

    नगरपालिकाले ३० दिने सूचना जारी गरी बिज्ञापन व्यवस्थित गर्ने भनेपनि केही कर्मचारीले बिना सूचना कतिपय प्रचार सामाग्री च्यात्ने र हटाउने गरेको भन्दै बिज्ञापनकर्ताहरुले गुनासो गरेका छन् । नगरपालिकाले भने त्यसो नगरिएको दावी गर्दै प्रचार सामाग्री बनाउन गरिएको खर्च खेर नजाओस भनेरै ३० दिनको सूचना जारी गरिएको जिकिर गरेको छ ।

    हेर्नुस् सूचना

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...