News Portal

  • जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, १५ चैत २०८०
    २०३ पटक
    मध्यपुर थिमि, १५ चैत २०८०

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । दलबाट उम्मेदवार भएपनि निर्वाचित भएपछि जनताको साझा जनप्रतिनिधि भइने भन्दै उनले साझा आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

    मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बुधवार बोडेमा सम्बोधन गर्दै सांसद थापाले मध्यपुरमा पनि गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको केकस्ता आवश्यकता छन् भन्ने आधारमा काम गर्न सुझाव दिए ।

    नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले सरकार गठनका लागि गठबन्धन बन्ने र भत्किने क्रम चलिरहने बताउदै आफू भने ईमान्दारीपूवर्क जनतालाई गरेको बाचाबाट बिचलित नबन्ने बताए ।

    सांसद विकास निर्माणमा समन्वयकर्ता मात्र हुने बताउदै उनले स्थानीय तहलाई बिकास निर्माणमा बढी क्रियाशिल बनाएर काम गर्नुपर्ने आवश्यकता औल्याए । भौतिक बिकास निर्माण संगै सामाजिक बिकासका क्षेत्रमा पनि मध्यपुरले प्रगती गरेकोप्रति सन्तोष व्यक्त गर्दै सांसद थापाले बिकास भन्ने कुरा कहिल्यै नसकिने भएकोले निरन्तर रचनात्मक रही जनसेवामा लागिरहन नगरपालिकालाई प्रेरित गरेका छन् ।

    बागमती प्रदेशकी सांसद भुवन केशरी श्रेष्ठ भावनाले आफू मध्यपुरकै चेली रहेको खुलासा गर्दै मध्यपुरमा बागमती प्रदेश सरकारले यस वर्ष गरिरहेका आधा दर्जन बढी योजनाबारे प्रकाश पारिन ।

    त्यसैगरी उनले नेवा भाषालाई प्रदेशको कामकाजको भाषाको मान्यता दिलाएर बागमती प्रदेश सरकारले नेवा समुदायको पहिचान स्थापित गरेको जिकिर गरेकी छन् । प्रदेश सरकारले हस्तकला बिधेयक ल्याउन खोजेको खुलासा गर्दै उनले यसबाट मध्यपुरको समेत आर्थिक र पर्यटकीय बिकासमा मद्दत मिल्ने बताइन् ।

    कार्यक्रममा जिसस प्रमुख ईश्वरबहादुर थापाले भक्तपुरमा ४ वटा मात्र नगरपालिका भएतापनि समन्वयमा समस्या भएको सार्वजनिक गरेका छन् । ४ नगर मध्ये सूर्यविनायक र भक्तपुरले जिससको अस्तित्व स्वीकार गर्न नसकेका उनले गुनासो गरे । मध्यपुर थिमि प्रति भने उनले सन्तोष व्यक्त गर्दै स्थानीय तहको पारदर्शीता स्व-मूल्यांकनमा मध्यपुर थिमि उत्कृष्ट नगरपालिका घोषित भएको प्रति प्रशंसा पनि प्रकट गरे ।

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो दुई वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, सहकारी, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरेका कार्यको विस्तृत विवरण प्रस्तुत गर्दै नगरपालिकामा सुशासन कायम गरी पारदर्शी ढंगले सेवा प्रवाहमा जोड दिएको बताए ।
    “यो दुई वर्षमा दुई दर्जन ऐन कानुन, कार्यविधि र निर्देशिका तयार गरी लागू गरेका छौं । यसले नागरिकले असल सुशासनको अनुभुती प्राप्त गर्ने विश्वास लिएको छु,” उनले भने ।

    उपप्रमुख विजयकृष्ण श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा पुरा गर्ने क्रममा शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दावी गरेका छन् । उनले नर्सिङ कलेज सञ्चालन, प्यारामेडिक सेवा शुरु गर्ने कार्य अघि बढेको जानकारी दिँदैं यहाँको मौलिक परम्परागत पेशा व्यवसायलाई संरक्षण गरी पर्यटनसँग जोड्ने र आय आर्जनको स्रोतको रुपमा विकास गरी मध्यपुर थिमि बासीसँगै समृद्ध मध्यपुर थिमिको सपना साकार पार्ने योजना अनुसार काम भइरहेको बताए ।

    प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले स्थानीय सरकारले राजनीतिक आस्थाका आधारमा जनतालाई भेदभाव नगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन । भौतिक बिकासमा भन्दा मानवीय बिकासमा लाग्न पर्ने आवश्यकता औल्याउदै उनले भोटको लागि नभई दीर्घकालीन फाइदाको लागि लगानी बढाउँनपर्ने बताइन ।

    कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व उपप्रमुखहरु मुरारी प्रसाद आचार्य र अञ्जनादेवी मधिकर्मी, नेपाली काँग्रेस का नेता हरिदास प्रजापति, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यलगायतले नगरपालिकाकाे गतिविधि सुशासन मैत्री र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए ।

    सो अवसरमा नगरपालिकाले प्रकाशन गरेको हाम्रो मध्यपुर थिमि बुलेटिनको विमोचन गर्नुका साथै अनलाइन सिफारिसको शुभारम्भ समेत गरिएको थियो ।

    कार्यक्रममा नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा वडा नं. ३ का किरण बहादुर थापा, उत्कृष्ट उपभोक्ता समिति धपाहिटी परिसर सुधार उपभोक्ता समिति वडा नं. १, उत्कृष्ट सामूदायिक विद्यालय आदर्श मावि सानोथिमि, उत्कृष्ट संस्थागत विद्यालय जनप्रेमी वल्र्ड स्कुल कौशलटार र उत्कृष्ट कर्मचारीको रुपमा राजश्व शाखाका प्रमुख रविन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    साथै नगरका सडक कालोपत्रे गर्ने कार्यमा समन्वयकारी भूमिका निर्वाह गरी सहयोग गर्नुहुने सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख डि.ई. राजेन्द्र दास र ईं गंगारा महर्जनलाई सम्मान गरिएको थियो ।

    यसैगरी उमेर हदका कारण सेवा निवृत्त हुनुभएका महिला स्वास्थ्य स्वयम् सेविकाहरु ५ जनालाई जनही नगद एक लाखसहित सम्मान गरिएको थियो भने एक वर्षको अवधीमा अवकास प्राप्त गरेका कर्मचारीहरु शुभ लक्ष्मी श्रेष्ठ, भवानी काफ्ले, सुन कुमार राउत, हरि लक्ष्मी श्रेष्ठ र गंगाराम धेकेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुने बालकराम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

    स्थापना दिवसकै अवसरमा मध्यपुर थिमिले नगरका ज्येष्ठ नागरिकहरु मध्ये प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी १८ जनालाई पनि सम्मान गरेको थियो ।
    कार्यक्रममा दिगुटोलबाट महाकाली नाच, विनायक शिक्षा निकेतनका छात्रछात्राले शास्त्रीय नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...