News Portal

  • भक्तपुरका घिमिरेलाई वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ चैैत २०८०
    ६२१ पटक
    भक्तपुर, १९ चैैत २०८०

    सरकारका ११ सचिवहरूको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सरुवा गरेको हो ।

    मधेस प्रदेशका प्रमुख सचिव रहेका दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । भक्तपुरको कटुन्जे मनोरम बस्तीका घिमिरेलाई उक्त मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी दिइएको छ । सो जिम्मेवारीमा रहेका सचिव नारायणप्रसाद शर्मा दुवाडी भने निर्वाचन आयोगमा सरुवा भएका छन् ।

    उद्योग सचिव रहेका थिमि निवासी मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालय पुर्याइएको छ । निरौलाको ठाउँमा सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई ल्याएर उद्योग सचिवको जिम्मेवारी दिएको बताइएको छ ।

    त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएको छ ।
    त्यसैगरी बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै उर्जामा कार्यरत सचिव गोपाल प्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् ।

    जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ सचिवको जिम्मेवारी प्रदान गरिएको छ भने सिचाईका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा सारिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...