News Portal

  • तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ चैत २०८०
    ५७० पटक
    भक्तपुर, २४ चैत २०८०

    कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

    उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका इन्चार्ज एवं केन्द्रीय सदस्य दिलिप प्रजापति भीष्मको नेतृत्वमा नेता कार्यकर्ताहरु उनको चाँगुनारायण-२ दुवाकोटस्थित निवासमा पुगी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    श्रद्धाञ्जली सभामा बागमती प्रदेश सभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्का केन्द्रीय सदस्य डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु त्यसैगरी स्थानीय नेताहरु रामलाल न्हेम्हफूकी, नरेश खड्का, रामशरण दाहाल, सुमन दाहाल, राजकुमार बन, सुरज खड्का,कुशकुमार कार्की लगायतको सहभागीता रहेको थियो। उनीहरूले दिवङ्गत खड्काको सामाजिक ब्यक्तित्वको चर्चा गर्दै उनको निधनले एक समाजसेवी ब्यक्ति गुमाउनुपरेको बताए ।

    दिवङ्गत खड्कालाई तत्कालीन राजा बीरेन्द्रले गोरखा दक्षिण बाहुबाट बिभुसित गरेका थिए । उनको घरमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका उच्च पदस्थ ब्यक्तिहरु ज्ञान र दिशानिर्देश प्राप्त गर्न आउने गर्थे । पछिल्लो समय मुटु रोग लगायतका स्वास्थ्य समस्या भएपछि उनी पेशामा निष्क्रिय जस्तै रहेका थिए ।

    दिवङ्गत खड्काका श्रीमती, २ छोरा र दुई छोरी छन् । उनका छोराहरू प्रकाश र सन्तोष माओवादी केन्द्रका संगठित सदस्य हुन् ।

    स्व. हरिबहादुर खड्का

    स्व. हरिबहादुर खड्का

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...