News Portal

  • मध्यपुर संचार समाजमा नयाँ नेतृत्व

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, २५ चैैत २०८०
    १९० पटक
    मध्यपुर थिमि, २५ चैैत २०८०

    मध्यपुर संचार समाजमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न १२ औं साधारण सभा एवं पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

    चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको निवर्तमान अध्यक्ष बाबुकाजी साँछे श्रेष्ठले बताएका छन् । सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको उनले जानकारी गराए ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा सागर गुरागाईं, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा पृथ्वीराम श्रेष्ठ र कोषाध्यक्षमा सरिना श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा विश्वेश्वर श्रेष्ठ, रेणु श्रेष्ठ, सुरेश ख्वाक श्रेष्ठ, विज्ञान भक्त श्रेष्ठ र रत्नकाजी प्रजापति निर्वाचित भएका बताइएको छ ।

    शनिवार निर्वाचन मण्डलका संयोजक रहेका अधिवक्ता तुइलाल श्रेष्ठले नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

    १२ औं साधारण सभा एवं पाँचौं अधिवेशनको अवसर पारेर मध्यपुर संचार समाजले दुई जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन सुन्दर श्रेष्ठ र मध्यपुर थिमिका पत्रकार रत्न कृष्ण श्रेष्ठ रहेका छन् ।

    पूर्व नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई मूर्त अमूर्त कला र संस्कृतीको संरक्षण र प्रवर्द्धनमा योगदान गरेवापत सम्मानित गरिएको उपाध्यक्ष सागर गुरागाईंले जनाएका छन् । त्यसैगरी फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठलाई फोटो पत्रकारिताको माध्यमबाट मध्यपुर थिमि लाई देश बिदेशमा चिनाउन योगदान गरेवापत ५ हजार राशीको थिम्रिंग पत्रकारिता पुरस्कारसहित पुरस्कृत गरिएको उनले जानकारी गराए ।

    मध्यपुर थिमिका जिवित साँस्कृतिक गुरु गोपाल प्रजापतिले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति, शिक्षाकर्मी, व्यवसायी एवं समाजसेवी चन्दन कृष्ण श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा, चाणक्य कलेजका प्राचार्य गणेशप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...