News Portal

  • महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ बैशाख २०८१
    २११ पटक
    भक्तपुर, २ बैशाख २०८१

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् । ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको समापन समारोहका अवसरमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले उनलाई सम्मान गरेको हो ।

    आइतवार आयोजित महोत्सव समापन समारोहका बीच सूर्यविनायक नगरपालिकाकाका प्रमुख बासुदेव थापाले नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाललाई सम्मान पत्र प्रदान गरेका हुन् । उनलाई नगद रु ५ हजार र सम्मान पत्रबाट सम्मानित गरिएको सम्मानकर्ता औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जनाएका छन् ।

    उक्त अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ट योगदान गरेको भन्दै केही खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । नगर प्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गरेका छन् । खेलाडीहरुलाई पनि जनही नगद रु.५ हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको हो ।

    चैत २२ गतेदेखि जारी महोत्सव आइतवार समापन भएको भएको छ । सल्लाघारीस्थित १०८ रोपनी चौरमा ११ दिन सम्म चलेको महोत्सव १ लाख भन्दा बढीले अवलोकन गरेका र करिब ८ करोड बराबरको व्यापारिक कारोबार भएको महोत्सवका संयोजक दिपक थापाले जानकारी दिएका छन् ।

    समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले महोत्सवले उपभोक्तालाई सहुलियत दिएको र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान गरेको बताए । एउटै थलोमा मनोरंजनपूर्व वातावरणका बीच उपभोक्ताले धेरै बस्तु तथा सेवा प्राप्त गरी लाभान्वित भएका उनले बिश्वास व्यक्त गरे ।

    व्यवसायी र उपभोक्ता एकै रथका दुई पाङ्ग्रा भएका प्रष्ट पार्दै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका दुबैको अधिकार रक्षा गर्दै अघि बढ्ने बताए । उक्त अवसरमा सूर्यविनायक नगरपालिकाका आधा दर्जन वडाध्यक्ष समेतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमका विशेष अतिथि रहेका नेकपा एमाले जिल्ला कमिटि भक्तपुरका अध्यक्ष बचन देउजाले बिगत वर्षमा झैँ यस वर्ष पनि महोत्सवले आफ्नो उदेश्य पूरा गरेकोमा सन्तोष व्यक्त गर्दै आगामी वर्ष पनि महोत्सव निरन्तरताको शुभकामना दिएका छन् ।

    उक्त अवसरमा आयोजक संस्थाका पदाधिकारी एवं सदस्यहरु, महोत्सव अवलोकनकर्ता, व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...