News Portal

  • इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ बैशाख २०८१
    २६४ पटक
    भक्तपुर, ६ बैशाख २०८१

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापतित्व गरेका छन् । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेको वार्षिकोत्सव कार्यक्रममा मेयर प्रजापति सभापति भएका हुन् ।

    कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लिच्छविकालीन र मल्लकालीन समयदेखि नै उपत्यकाका बासिन्दालाई पानीको व्यवस्थापन गर्न ठाउँ ठाउँमा सार्वजनिक इनार, ढुड्डेधारा र पोखरीहरु बनाइएकोमा कतिपय हराइसकेको बताए । ती श्रोतहरुको संरक्षण तर्फ सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

    खानेपानी जस्तो जनताको प्रत्यक्ष जीवनसंग जोडिएको वस्तु निजीकरण गर्न नहुने बिचार व्यक्त गर्दै प्रमुख प्रजापतिले काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मेवारी केयुकेयललाई दिएदेखि नै खानेपानीको समस्या भएको, ट्यांकर व्यवसायीहरुद्वारा कृत्रिम अभाव सिर्जना गर्ने गरेको तथा मेलम्चीको पानी उपत्यकामा पु¥याउन ढिलाई गर्ने गरेका जस्ता जनगुनासोहरु रहेको बताएका छन् ।

    विश्व बैंक र एशियाली विकास बैंकजस्ता विदेशी बैंकहरुले उपत्यकाबासीलाई पानी वितरणको लागि भन्दा नाफाको उद्देश्यले पानीमा लगानी गर्ने भएकोले नेपाल सरकार स्वयंले स–साना लगानी गरी पानीको व्यवस्थापन गर्न सकेमा प्रभावकारी हुने उनले विचार व्यक्त गरेका छन् । सरकारले उपत्यकाको तीब्र जनसंख्या वृद्धि र खानेपानीको अभावलाई रोक्न ७ वटै प्रदेशमा स–साना व्यवस्थित वस्तीहरुको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    सभापति प्रजापतिले भक्तपुरमा मेलम्चीको पानी पुरानै पाइपबाट वितरण गरिएकोमा पाइपहरु फुटेर चुहावट भएकोले पानीको चुहावट नियन्त्रण गर्नुपर्ने आवश्यकता औल्याएका छन । कतिपय ठाउँमा ढलको पानी मिसिएको जानकारी गराउदै खानेपानीको गुणस्तर परीक्षणको व्यवस्था गर्नपर्ने पनि उनले माग गरेका छन् ।

    उपत्यकामा स्थानीय स्रोतहरुको संरक्षण गर्न र स्थानीयसंग समन्वय गरी खानेपानीको उचित वितरण गर्नुपर्ने उनको सुझाव छ । उपत्यकामा निजी तवरबाट भइरहेको अनियन्त्रित बोरिङ्ग कार्यलाई नियमन गर्नुपर्ने समेत उनले सुझाव दिए ।

    कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले उपत्यकाभित्र दीगो खानेपानी व्यवस्थापन, आपूर्ति, स्रोत संरक्षण र उपयोग, खानेपानीको गुणस्तर व्यवस्थापन, ट्यांकर व्यवस्थापन, भूमिगत पानीको व्यवस्थापनको लागि मन्त्रालयको प्रतिवद्धता प्रकट गरे । यसका लागि नीति र निर्देशिका बनाई व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जिम्मेवारी दिएको र खानेपानीको न्यायोचित वितरण गर्ने जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई रहेको उनले बताए । त्यसैगरी खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोगले खानेपानी महशुल निर्धाण सम्बन्धी कार्य गर्दै आएको जानकारी दिदै सचिव आचार्यले यसलाई थप प्रभावकारी बनाउन यी ३ वटै निकाय पुनर्संरचनाको प्रयास भइरहेको जानकारी गराए ।

    उक्त अवसरमा मन्तव्य राख्दै खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानी सम्बन्धी समस्या समाधानको लागि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोगले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए । एकले अर्कोलाई दोष दिएर उम्कन नमिल्ने उनको निर्देशन छ । उनले आगामी दिनमा उपत्यकाको खानेपानी समस्या निराकरणको लागि बोर्डको १८ वर्षको कार्यानुभवले सार्थकता पाउने बिश्वास पनि व्यक्त गरे । उनले जनतालाई सहज रुपमा स्वच्छ खानेपानीको पहुँच पुर्याउन प्रशासनिक कार्यलाई छरितो बनाउनु तर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

    मन्त्री राईले बिहीवारबाट नै बानेश्वरबाट रु १० मा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...