नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट अभियान शुरु भएको हो ।
सरकारले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरेर नियमित विद्यालय पठाउन अनुरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसका लागि सार्वजनिक आह्वान गरेका छन् ।
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । राज्यले उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको प्रधानमन्त्रीको भनाइ छ ।
भर्ना अभियानको नारा भने ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने रहेको छ ।