News Portal

  • चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ बैशाख २०८१
    २३१ पटक
    chagu mayorभक्तपुर, १४ बैशाख २०८१

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंगसोबारे छलफल भएको हो ।

    उक्त अवसरमा नगर प्रमुख जीवन खत्रीले समृद्ध र उत्थानशील चाँगुनारायण नगर निर्माणमा योगदान गर्न आग्रह गरे । नगरपालिकाले गैह्र सरकारी संस्थाहरुसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता प्रकट गर्दै उनले गैह्र सरकारी संस्थाहरुले परियोजना सञ्चालनको तयारी गर्दा नगरपालिकाको आवश्यकतालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

    नगरपालिकाले अवलम्बन गर्ने नीति अनुरुप लक्ष्य प्राप्तीमा सहयोगी हुने कार्यक्रम तथा गतिविधिहरु तय गर्न आग्रह गर्दै प्रमुख खत्रीले समुदायको आवश्यकता र परिणाम हेरेर मात्र कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।

    त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्ष देखि गैह्र सरकारी निकायका कार्यक्रमहरुलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समावेश गरी प्रकाशन गर्ने कार्यको थालनी गरेको बताउदै गैह्र सरकारी संस्थाहरुलाई यही बैशाख मसान्तभित्र आ.व २०८१/०८२ मा सञ्चालन गरिने कार्यक्रमको विवरण बजेट सहित योजना शाखामा बुझाउन निर्देशन दिएका छन् ।

    कार्यक्रममा सहभागीहरुले चाँगुनारायण क्षेत्र भित्र सञ्चालन गरेका स्वास्थ्य, खानेपानी तथा सरसफाई, शिक्षा, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, स्वस्थ्य बुढ्यौली, सामाजिक विकास लागयतका कार्यक्रम तथा गतिविधिहरुको बारेमा जानकारी गराएका शाखा प्रमुख लिला घिमिरेले जनाएकी छन् ।

    छलफलमा वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की, ५ का जयन्द्र खड्का, वडा नं ६ का धनबहादुर लामा र ७ नं का वडाध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ त्यसैगरी गै.स.स चाँगुनारायण समन्वय समितिका सचिव दिनेश थापा, नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको नगरपालिकाका अधिकृत सुरज पौडेलले प्रष्ट पारे ।

    छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका परशुराम पाण्डे, एन्फोका प्रशन्न प्रधान, ५०० बि सोलुसनकी योगिता राजचल, आइसेट नेपालका कन्चनमणि दिक्षित, एनसेट नेपालका ईश्वरदत्त जोशी, नेप्सेम्याकका बाबुराम चौलागाईको सहभागिता रहेको थियो । त्यसैगरी सिविआरका नरेन्द्र भुजु, ग्रामिण अपांगता समन्वय समितिका उत्तम नारायण भँडेल, समानताका लागि आवाजका सुरेश राजभण्डारी, काफकोलकी गरिमा शर्मा र दोभासे संघका टिकाराम लामिछानेले आफ्ना संस्थाहरुले गरेका गतिविधिहरुको प्रगति विववरण प्रस्तुत गर्नुका साथै आगामी दिनमा नगरपालिका क्षेत्र भित्र सञ्चालन गरिने गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...