News Portal

  • एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ जेठ २०८१
    ४२७ पटक
     भक्तपुर, २ जेठ २०८१

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु भएको छ । ९ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व छान्ने भएपछि एमाले भक्तपुरमा राजनीतिक सरगर्मी शुरु भएको हो ।

    नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बुधवार पत्रकार सम्मेलन गर्दै ९ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको बताएको छ । जिल्ला अध्यक्ष बचन देउजाले अधिवेशन प्रतिनिधि छनौट गर्ने कार्य समेत सम्पन्न भैसकेको बताएका छन् ।

    बिहीवार बिहान ११ बजे सूर्यविनायक-५ सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको औपचारिक उद्घाटन गर्ने उनले जनाएका छन् । बिहान साढे ९ बजे सल्लाघारी र सूर्यविनायक लगायतका ठाउँ बाट र्याली सहित सहभागीहरु इम्पेरीयल पुगेपछि सभामा परिणत हुने र अधिवेशनको उद्घाटन सत्र शुरु हुने बताइएको छ ।

    जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशनको बन्द सत्रमा भने अधिवेशन प्रतिनिधि मात्र रहन पाउने छन् । त्यसका लागि प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा प्रतिनिधि छनौट भएका अध्यक्ष देउजाले जानकारी दिए । वडाका अलावा जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकार बाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका उनले बताए ।

    अधिवेशन प्रतिनिधिमा ३३ प्रतिसत महिला र १५ प्रतिसत युवा लगायत अन्य आरक्षण पनि सुनिस्चित गरिएको अध्यक्ष देउजाको दावी छ । ४ सय ९८ जना अधिवेशन प्रतिनिधिले जिल्लाका ७ हजार ५ सय ७२ संगठित सदस्यहरुको प्रतिनिधित्व गरेका उनले जनाएका छन् ।

    अधिवेशन प्रतिनिधि छान्ने विषयमा जिल्लाका ३८ वडा कमिटी मध्ये ३५ वडामा सर्वसम्मत भएको र ३ वटा वडामा भने निर्वाचन नै गर्नुपरेको पत्रकार सम्मेलनमा प्रष्ट पारिएको छ ।

    पत्रकार सम्मेलनमा वरिष्ठ नेता निर्मल भट्टराई, जिल्ला उपाध्यक्ष बासुदेव थापा, सचिव मोहन वीर श्रेष्ठ, प्रचार बिभाग प्रमुख निरन्जन बजगाई लगायतको उपस्थिति रहेको थियो ।

    नेतृत्व चयन गर्नपर्ने भएकोले पनि एमालेमा ९ औं जिल्ला अधिवेशनले अर्थ राख्ने र अधिवेशनमा प्रतिनिधि बन्ने विषय नेताकार्यकर्ताको लागि राजनीतिक स्वार्थ प्रेरित भएको देखिन्छ । ९ औं महाधिवेशनमा जिल्लाका नेताकार्यकर्ता २ धारमा देखा परेका देखिन्छन ।

    अध्यक्ष बचन देउजालाई दोहोर्याउने र सचिव मोहनवीर श्रेष्ठलाई अध्यक्ष बनाउने अभिष्ट बोकेका दुई समुहका कारण अधिवेशन रोमाञ्चक बन्ने पक्कापक्की छ । यद्यपी, जिल्ला समन्वय समितिका पूर्व प्रमुख समेत रहेका नवराज गेलाल पनि मोहनवीर धारलाई आफ्नो पक्षमा पारी अध्यक्ष बन्ने ध्याउन्नमा छन् ।

    मूख्यत: पूर्व मन्त्री समेत रहेका पोलिटब्युरो सदस्य महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका जिल्ला उपाध्यक्ष बासुदेव थापाबीचको तीक्ततापूर्ण सम्बन्ध अधिवेशन सम्म आइपुग्दा छताछुल्ल भएको छ । उपाध्यक्ष थापा देउजालाई दोहोर्याउने पक्षमा उभिएपछि देउजालाई अध्यक्ष बनाउन बिगतमा लागिपरेका बस्नेत यसपटक देउजा बिरोधि समुहको नेतृत्व गर्न पुगेका छन् ।

    केन्द्रमा आफ्नो प्रभाव पार्न एकअर्काको विपक्षमा लाग्ने गरेका पोलिटब्युरो सदस्य बस्नेत, केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र प्रभावशाली नेता निर्मल भट्टराईलाई यो अधिवेशनले भने एकै ठाउँमा ल्याइपुर्याएको छ र उनीहरु देउजाको बिकल्प खोजिरहेका छन् । यद्यपी बस्नेतको उदेश्य देउजाको विपक्षमा भन्दा बढी थापाको जिल्ला पार्टीमा बढ्दो प्रभाव रोक्न केन्द्रीत भएको बताइन्छ ।

    केन्द्रीय नेताहरुको एकताको हिसावले देउजा समुह कमजोर देखिएपनि पार्टी भित्रकै बस्नेत बिरोधी केन्द्रीय नेताहरुको साथ् र सहयोगका कारण देउजा डगमगाएका छैनन् । क्रियाशीलता, मिजासिलो स्वभाव र नेतृत्वमा रहेर सबैको नाडी छामिसकेका कारण उनलाई परास्त गर्न बैकल्पिक नेतृत्वलाई फलामकै चिउरा चपाउनुपर्ने एमाले वृत्तमा चर्चा चलेको छ ।

    हिजोआज भक्तपुरका चिया पसल देखि चौतारी एवं सार्वजनिक स्थलमा हुने जमघट र कुराकानी एमालेको अधिवेशन केन्द्रीत छ । जेठ ४ मा नयाँ नेतृत्व नआउन्जेल जिल्लामा राजनीतिक सरगर्मी कायमै रहने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...